दोलखा फस्कुमा ट्याक्टरले किचेर महिलाको मृत्यु

 आवाज संवाददाता     १३ मंसिर २०७३, सोमबार

दोलखा, मंसिर १३/ दोलखा फस्कु २ मा ट्याक्टरले किचेर एक महिलाको मृत्यु भएको छ । फस्कु ४ की शान्ति लकाई खड्कालाई हिजो साँझ ट्याक्टरले किचेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
हिजो साँझ चर्नावतीमा वत्ती बाल्न जाने क्रममा ट्याक्टर चढेकी ३८ वर्षीया शान्ति ट्याक्टरबाट खसेपछि सोही ट्याक्टरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए ।
अस्थायी नम्बर ४५६ भएको सुब्बा तामाङको सो ट्याक्टर र चालक राजु कार्कीलाई इलाका प्रहरी कार्यालय मागापौवाले नियन्त्रणमा लिई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF