राप्रपाले एकता भेलाको लागि तोक्यो प्रतिनिधि

 आवाज संवाददाता     १३ मंसिर २०७३, सोमबार

दोलखा, मंसिर १३/राप्रपा र राप्रपा नेपाल एकीकरणपछिको पहिलो बैठकले जिल्ला अधिवेशनको लागि प्रतिनिधि तोकेको छ ।
जिल्ला भेला गर्न दोलखाको लागि किरण गिरीको संयोजकत्वमा बाबुकाजी प्रधान, विष्णु विक्रम थापा र श्यामबहादुर श्रेष्ठलाई प्रतिनिधि तोकेको राप्रपाले जनाएको छ । राप्रपा केन्द्रीय कार्यसमितिले यही मंसिर २५ गतेसम्ममा सबै जिल्लाको भेला सम्पन्न गर्न जिल्लाहरुलाई पत्र पठाएको जनाएको छ ।
राप्रपा जिल्ला कार्य समिति दोलखाको आज बसेको बेठकले दोलखाको जिल्ला भेला यही मंसिर २१ गते गर्ने र सोको लागि राप्रपाका जिल्ला नेता जंगबहादुर बस्नेतको संयोजकत्वमा समिति चयन भएको राप्रपा नेपालका अध्यक्ष सुन्दर प्रकाश खड्का र राप्रपा अध्यक्ष बलबहादुर तामाङद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।