विद्युत चोर ३ हजार ८ सय जरिवाना तिरेर मुक्त

 आवाज संवाददाता     १४ मंसिर २०७३, मंगलवार

विद्युत चोरीमा संलग्न भएको अभियोगमा प्रहरी हिरासतमा रहेका एक व्यक्ति जरिवाना बुझाएर छुटेका छन् । सिन्धुपाल्चोक ठूलोपाखर घर भए भीमेश्वर नगरपालिका ६ सत्तरीगोलाईमा टहरो बनाई बस्ने चरिबहादुर तमाङले नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्र चरिकोटमा जरिवाना वापतको रकम तिरेर मंगलबार छुटेका हुन् ।
उनलाई सोमबार प्रहरी र विद्युत प्राधिकरणका कर्मचारीको संयुक्त टोलीले पक्राउ गरेको थियो । प्राधिकरणले विद्युत चोरी रोक्नका लागि अभियानै चलाएको जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।