जन्ती कुटपीट गर्ने ४ जना पक्राउ

 आवाज संवाददाता     १५ मंसिर २०७३, बुधबार

दोलखा, मंसिर १५/दोलखा जिल्लाको काटाकुटीमा विहेमा जन्ती गएका मानिसलाई कुटपीट गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काटाकुटी ८ का लुङ ढोल्मा तामाङकी छोरी विमला तामाङको विवाहमा जन्ती आएका काटाकुटी ८ का लालबहादुर तामाङ र लाक्पादोर्जे तामाङ लगायतलाई कुटपीट गरेको आरोपमा मागापौवा गाविस ३ का फुलकाजी तामाङ, राज तामाङ, बुद्ध तामाङ र विशाल तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए । कुटपीटमा संलग्न प्रेम तामाङ र किरण तामाङ फरार रहेको दोलखा प्रहरीले जनाएको छ । उनीहरुले मादक पदार्थ सेवन गरी विवाहमा गएको र उनीहरुलाई कुटपीट गरेको बताइएको छ ।
कुटपीटबाट घाइते भएका लालबहादुर र लाक्पादोर्जेको काठमाडौँस्थित बी एण्ड बी अस्पतालमा उपचार भैरहेको जानकारी दोलखा प्रहरीले दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।