रामेछापमा पानी तान्ने नयाँ प्रबिधि भित्रियो

 आवाज संवाददाता     १६ मंसिर २०७३, बिहीबार

रामेछाप १६ मंसिर
जिल्ला कृषि बिकास कार्यालय रामेछापले रामेछाप जिल्लामा सिँचाईको लागि पानी तान्ने नयाँ प्रविधि भित्र्याएको छ । सो कार्यालयले वर्षापम्प नामक पानी तान्ने प्रविधि भित्रयाएको हो ।
नदीमा बगेको पानीमा स्वचालीत डायनामा जस्तो पम्प राखि पानीको दवाले डायनामा घुमारएर पानी फाल्ने सो प्रविधि नमुनाको रुपमा मन्थलीका तरकारी कृषक युवराज श्रेष्ठका तरकारी फार्ममा जोडिएको जिल्ला कृषि विकास कार्यालय रामेछापका प्रमुख राजेन्द्र मल्लले जानकारी दिए ।
नेपालबाट पढ्न गएका इञ्जिनियरहरुले नेदरल्याण्डमा विकास गरेको सो पम्पले २० मिटर भर्टिकल हाइटसम्म पानी फाल्न सक्ने मल्लले जानकारी दिए । जेनेरेटर वा विद्युतिय पम्पबाट पानी तान्दा त्यसको लागत महंगो पर्ने किसानलाई यो प्रविधि सफल भए नदी किनारमा यसको बिस्तार गर्ने योजनामा कार्यालय रहेको उनले जानकारी दिए ।
कुल २ लाख ५० हजार रुपैयाँ पर्ने सो मेशिनले २४ घण्टामा २० हजार लिटर पानी फाल्ने परिक्षणका क्रममा देखिएको छ । । सिँचाई पोखरी निर्माण गरी पोखरीमा पानी जमाएर सुक्खा याममा सिँचाई गर्न पनि यस प्रबिधि बााट सकिने जनाइएको छ ।
सो प्रविधि जडान गरिएपछि तरकारी उत्पादनमा लागत घट्ने कृषक युवराज श्रेष्ठ बताउँछन् । उनले मन्थलीको आकासेमा अहिले ५२ रोपनी जग्गामा तरकारी खेती लगाएका छन् । सो खेतीका लागि उनले विद्युतीय पम्पबाट तामाकोसीको पानी तान्ने गरेका थिए । यसरी नदीको पानी तान्दा विद्युतको लागि मासिक ४देखि ५ हजार रुपैयाँ सम्म तिर्नु परेको उनले बताए ।
उनले उत्पादित तरकारी मन्थली बजारमा लगेर मासिक ३ लाख रुपैयाँ बराबरको बिक्रि गर्ने गरेको पनि बताए । वार्षिक ३० लाख रुपैयाँ बराबरको तरकारी बिक्रि गर्दा २० लाख रुपैयाँ बचत हुने श्रेष्ठको भनाई छ । उनले तरकारी खेतीबाटै मन्थलीमा ३ वर्षमा १३ आना घडेरी किनेको बताए यो प्रबिधि भित्रिए सँगै खर्च घट्न गइ उत्पादन र आम्दानी बृद्धि हुने बिश्वास लिइएको छ ।
तस्बिरः सौजन्य रमेश ढुङ्गेल

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF