भालुको आक्रमणबाट दुईजना घाइते

 आवाज संवाददाता     १६ मंसिर २०७३, बिहीबार

दोलखा, मंसिर १६/कालिन्चोक गाविसको वेम्पा जंगलमा भालुको आक्रमणमा परी दुईजना घाइते भएका छन् ।
भालुको आक्रमणमा परी कालिन्चोक गाविस ९ की ५६ वर्षीया नानीमाया थामी र कालिन्चोक ३ का १४ वर्षीय पूर्णबहादुर थामी घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।
घाइते दुवैजनाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । घाइते पूर्णबहादुर थामीको अवस्था गम्भीर रहेको बताइएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF