३ करोड ६२ लाख ८० हजारमा पुस्ताकालय भवन

 आवाज संवाददाता     १८ मंसिर २०७३, शनिबार

दोलखा, मंसिर १८ । दोलखा सदरमुका चरिकोटमा अर्को पुष्ताकालय निर्माण हुने भएको छ । रिड नेपालको सहयोगमा बन्न लागेको पुष्तकालय कालिञ्चोक मावि नजिकै एक रोपनी क्षेत्रफलमा बन्न लागेको हो ।
२५ औं अन्तरराष्ट्रिय अपाङ्गता दिवस मूल समारोह समिति दोलखाको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्लामा निर्माण हुन लागेको गौरीशंकर पुस्तकालय निर्माणको लागि सहमति पत्रमा हस्ताक्षर भएको छ ।
रिड नेपालको सहयोगमा बन्न लागेको उक्त भवन अपाङ्गमैत्री हुने गौरीशंकर पुस्तकालयका अध्यक्ष कृष्णबहादुर बस्नेतले जनाएका छन् । पुस्तकालयको लागत ३ करोड ६२ लाख ८० हुने अध्यक्ष बस्नेतले बताए ।

????????????????????????????????????

“हाँसिल गरौ दिगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौं हामीले चाहेको भविश्य” भन्ने मूल नाराका साथ सातदोवाटोवाट प्रभातफेरीका साथ मनाईएको उक्त कार्यक्रम सभाषद् पार्वत गुरुङको प्रमुख आतिथ्यता तथा महिला तथा वालवालिका कार्यालय दोलखाको कार्यालय प्रमुख लक्ष्मी ढकालको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेल, नेकपा माओवादी दोलखाका नेता गोपाल पाण्डे, रिड नेपालका अध्यक्ष भोलाकुमार श्रेष्ठ, गौरीशंकर पुस्तकालयका अध्यक्ष कृष्णबहादुर बस्नेत, रमेश लामा लगाएतले मन्तव्य राखेका थिए ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF