भीमबहादुर स्मृति खुला पुरुष भलिबलको सेमीफाइनल र फाइनल भोलि

 आवाज संवाददाता     १८ मंसिर २०७३, शनिबार

दोलखा, मंसिर १८ । भीमबहादुर तामाङ स्मृति खुला पुरुष भलिबल प्रतियोगिताको सेमीफाइनल खेल भोलि आइतवार हुने भएको छ ।
भोलि पहिलो सेमीफाइनल खेल जिरी नगरपालिका र सुनखानी गाविसबीच हुने र दोस्रो सेमीफाइनल खेल श्यामा र गैरीमुदीबीच हुने निर्णायक सीताराम घिमिरेले जानकारी दिए ।

vollyball1
प्रतियोगिताको फाइनल खेल भोलि नै हुनेछ ।
गाविसस्तरीय प्रतियोगितामा पहिलो हुने टिमले ५० हजार रुपैयाँ, शील्ड, मेडल र प्रमाणपत्र पाउनेछ भने दोस्रो हुने टिमले ३० हजार र तेस्रो हुने टिमले २० हजार रुपैयाँसहित शील्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।

vollyball3
प्रतियोगितामा जिल्लाका १५ टिमको सहभागिता रहेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF