भीमबहादुर स्मृति भलिवलको उपाधी जिरीलाई (फोटो फिचर सहित)

 आवाज संवाददाता     १९ मंसिर २०७३, आईतवार

भीमबहादुर तमाङ स्मृति भलिवल प्रतियोगिताको उपाधी जिरी युवा सञ्जालले हाँसिल गरेको छ । जिरीले श्यामा गाविसलाई हराउँदै उपाधी हात पारेको हो ।
आइतबार दिउँसो चरिकोट टुँडिखेलमा भएको फाइनल खेलमा पहिला लगातार २ सेट जिरीले जिते पनि पछिल्लो २ सेट लगातार श्यामाले जितेको थियो । अन्तिम सेटमा जिरीले श्यामालाई १५–१३ मा हराउँदै उपाधी हात पारेको हो ।
भलिवल जितसँगै जिरी युवा सञ्जालले नगद ५० हजार, सिल्ड मेडल हात पारेको छ । त्यस्तै द्वितीय भएको श्यामा गाविसले नगद ३० हजार र सिल्ट मेडल प्राप्त गरेको छ । तेस्रो स्थानका लागि भने सुनखानी र गैरीमुदी बीच खेल नखेली दुवैले पुरस्कार बाँडेरे लिएको आयोजक समितिका संयोजक नानीकाजी तमाङले बताए । भलिबल खेलको बेष्ट लिफ्टर सुृनखानीका पुरुषोत्तम खरेल, बेस्ट डिफेन्स जिरीका टंकराज बस्नेत, बेस्ट स्पाइकर गैरीमुदी १ का शिशिर महर्जन, म्यान अफ द टुर्नामेन्टको उपाधी श्यामाका विजयराज बस्नेत पाएका छन् ।
आइतबार नै भएको सेमीफाइनलमा जिरीले सुनखानीलाई र श्यामाले गैरीमुदीलाई हराउँदै फाइनल प्रवेश गरेका थिए । फाइनलपछि खेलाडीहरुलाई नेपाली काँग्रेसका सभापछि रुद्रबहादुर खड्का, जिल्ला खेलकुद विकास समिति दोलखा अध्यक्ष हिरा थोकर लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा १५ टिमको सहभागिता रहेको थियो ।

img_3584

img_3579

img_3677

img_3494

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF