प्रहरीद्वारा अवैध जाँड रक्सी बरामद

 आवाज संवाददाता     २० मंसिर २०७३, सोमबार

दोलखा, मंसिर २० । जिल्ला प्रहरी कार्यलय दोलखाले जाँड र रक्सी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीका अनुसार स्थानीयस्तरमा उत्पादन भएको घरेलु रक्सी ३ सय लिटर र रक्सी बनाउन तयारी गरेको जाँड २ हजार केजी बरामद गरी नष्ट गरिएको बताए ।
चरिकोट पशुपतिडाँडामा रहेका ३ वटा होटल तथा भट्टीहरुबाट उक्त रक्सी बरामद गरेको कुर्मीले बताएका छन् । प्रहरीले जाँडरक्सी उत्पादनमा प्रयोग गरिने भाँडा समेत बरामद गरेका छ । प्रहरीले स्थानीयस्तरमा उत्पादन भएको घरेलु मदिराका कारण बिभिन्न खाले आपराधिक घटनाहरु बढ्न थालेकोप्रति चिन्ता ब्यक्त गर्दै मदिरा बरामद र नष्ट गर्ने अभियान अगाडी बढाएको जानकारी दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF