शिक्षा पत्रकार तथा विभिन्न सङ्घसंस्थालाई पुरस्कृत गरिने

 आवाज संवाददाता     ९ असार २०७३, बिहीबार

काठमाडौँ, ९ असार । ‘आजको मिडिया आवाज’ले आफ्नो १२औँ स्थापना दिवसका अवसरमा शिक्षाविद्, पत्रकार, उत्कृष्ट विद्यालय तथा व्यक्तिलाई ‘वाइवाइ एजुकेसन अवार्ड–२०७३’ द्वारा पुरस्कृत गर्ने भएको छ ।   यहाँ आज आयोजित पत्रकार सम्मेलनमा ‘शिक्षा साप्ताहिक’का सुदर्शन सिग्देल, ‘द हिमालयन टाइम्स’ का कोकिला केसी र ‘कान्तिपुर’ दैनिकका मकर श्रेष्ठलाई जनही रु पाँच हजार सहित पुरस्कृत गर्ने जानकारी दिइएको छ । ।   शिक्षा क्षेत्रको विकासका लागि पु¥याएको योगदानस्वरुप ‘स्कुल अफ द इयर’, ‘स्कुल एक्सिलेन्ट अवार्ड’, ‘बेस्ट पर्फमेन्स अवार्ड’ र ‘कन्ट्रिब्युसन अवार्ड’ गरी विभिन्न विद्यालयलाई पुरस्कृत गर्ने भएको छ । यस्तै ‘प्लस टु अफ द इयर’, ‘प्लस टु एक्सिलेन्ट अवार्ड’, ‘गुडविल एचिभमेन्ट अवार्ड’ र ‘बेस्ट टिचर अवार्ड’ पनि प्रदान गरिने छ ।   संस्थाले विज्ञतातर्फ ‘डेडिकेसन अवार्ड’, ‘एजुकेसन भिजन अवार्ड’, ‘क्रियटिभ अवार्ड’ र ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ले विभिन्न व्यक्तित्वलाई सम्मान गरिन लागेको संस्थाका अध्यक्ष श्याम तण्डुकारले जानकारी दिनुभयो ।   सामुदायिक विद्यालयतर्फबाट घोषणा भएको सर्वोत्कृष्ट विद्यालयका कक्षा ४ देखि ८ सम्मका पाँच विद्यार्थीलाई जनही रु पाँच हजारका दरले चौधरी गु्रुपले छात्रवृत्ति प्रदान गर्ने चौधरी गु्रपका महाप्रबन्धक लालबाबु चौधरीले जानकारी दिनुभयो । ‘शैक्षिक क्षेत्रको उत्सव, उत्सव होइन महोत्सव’ भन्ने नाराका साथ यही असार ३० गते हुने कार्यक्रममा उक्त पुरस्कार वितरण गरिनेछ । अवार्डमा ‘शिक्षालय’ राष्ट्रिय मासिक र सहयात्रा संस्थाको पनि सहकार्य रहनेछ । रासस

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF