सुन्दरप्रकाश खड्काको अध्यक्षतामा राप्रपाको जिल्ला अधिवेशन तदर्थ समिति

 आवाज संवाददाता     २१ मंसिर २०७३, मंगलवार

दोलखा, मंसिर २१/राप्रपा नेपाल र राप्रपा दोलखाको संयुक्त एकता भेलाले सुन्दरप्रकाश खड्काको अध्यक्षतामा ६३ सदस्यीय जिल्ला अधिवेशन तदर्थ समिति गठन गरेको छ ।
बलबहादुर केसी सहअध्यक्ष रहेको तदर्थ समितिमा कोषाध्यक्ष पूर्णबहादुर थापा, सचिव भाष्कर पाण्डे र प्रवक्ता शिव केसी चयन भएका छन् । समितिको सदस्यहरुमा जंगबहादुर बस्नेत, देवेन्द्रनारायण प्रधान, तीर्थ केसी लगायतका जिल्ला नेता तथा कार्यकर्ताहरु रहेका छन् ।
एकता भेलाले राप्रपा क्षेत्र नं १ को अध्यक्ष बलबहादुर तामाङ र सहअध्यक्ष हिराकाजी घिसिङ चयन गरेको छ । त्यसैगरी क्षेत्र नं. २ को अध्यक्ष रामकाजी श्रेष्ठ र सहअध्यक्ष कर्म शेर्पालाई चयन गरेको छ ।
भीमेश्वर नगर कमिटीमा अध्यक्ष विष्णु श्रेष्ठ र सहअध्यक्ष वीरबहादुर तामाङ चयन भएका छन् भने जिरी नगर कमिटीमा अध्यक्ष रामकाजी खड्का र सहअध्यक्षमा ओलक बहादुर जिरेल चयन भएका छन् ।
भेलाले युवक संगठनको अध्यक्षमा बालकुमार गोले, विद्यार्थी संगठनको अध्यक्षमा पाण्डवसिंह पाण्डे, शिक्षक परिषदको अध्यक्षमा जीवन चाकुबजी, सांस्कृतिक परिषद्को अध्यक्षमा राम पाख्रिन, किसान संगठनको अध्यक्षमा हरिबहादुर फुयाल, महिला संगठनको अध्यक्षमा तारादेवी बस्नेत, भूतपूर्व सैनिक संगठनको अध्यक्षमा शिवबहादुर बस्नेत, दलित उत्पीडित संघको अध्यक्षमा रचना नेपाली, नागरिक समाजको अध्यक्षमा उमेश केसी र अनुशासन समितिको संयोजकमा जंगबहादुर बस्नेत चयन भएका छन् ।
भेलाले सुन्दरप्रकाश अध्यक्षता र बलबहादुर तामाङको सहअध्यक्षतामा १९ सदस्यीय कार्यसम्पादन समिति समेत गठन गरेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF