अल्लो बन्यो, महिलाको आयआर्जनको स्रोत

 आवाज संवाददाता     २३ मंसिर २०७३, बिहीबार

लापिलाङ ६ की सावित्री थामी आजभोली विहान १० बजे उद्यमी घरमा आउने र मध्यान्ह ४ बजे फर्कने गर्छिन् । सावित्री स्थानीय महादेवस्थान लघुउद्यमी समहकी अध्यक्ष समेत हुन् । विहान परिवारलाई खाना खवाएर उनी उद्यमी घर पुग्छिन् ।
सावित्री जस्तै अन्य १४ जना स्थानीय महिलाहरुको दैनिक पनि उस्तै छ । उद्यमी घरमा बसेर सामुहिक रुपमा अल्लोको धागो बनाउँछन् । जंगलमा खेर जाने झारको रुपमा रहेको अल्लोबाट उनीहरु प्रशोधन गरी धागो बनाउँछन् ।
अल्लोको धागोबाट कपडा बन्छ । अल्लोलाई बलियो र राम्रो घरेलु उत्पादनको रुपमा लिइने गरिन्छ । उद्यमी महिलाहरु आफैं धागो बनान समय मिलाएर कच्चा पदार्थ अल्लो जंगलमा पनि पुग्छन् । जंगलबाट ल्याएको अल्लो पकाउन पनि कहिलेकाँही आफैं खट्छन् ।
“कच्चा पदार्थ बेला बेलामा अरुसँगै खरिद गर्छौं” अर्की उद्यमी मिठू खत्रीले भनिन् “तर आफूले भनेको बेला कच्चा पदार्थ नपाएपछि आफैं जंगल पनि पुग्छौं ।” जंगलबाट ल्याएको ५ केजी अल्लोको १ केजी धागो बन्छ । धागो एक केजी बनाउँन सिकारुलाई अली बढी दिन लाग्छ पनि जान्नेले ३ दिनसम्म लाग्छ । अझ छिटो र मसिनो धागो बनाउने प्रयास जारी रहेको उनले बताइन् ।
समूहमा बनाएको धागो चरिकोटमा रहेको उद्योगलाई दिने गरेको बताए । अहिले उद्योगले औषतमा प्रति केजी १ हजार उपब्ध गराउने गरे तापनि अब वैकल्पिक बजार समेत खोजीमा लागेको बताए । जति मसिनो धागो भयो कपडा पनि त्यत्ती राम्रो हुने उद्यमी महिनाहरुकै अनुभव छ ।
लापिलाङ बनाएको अल्लोको धागो काठमाडौं, चरिकोट लगायतका ठाउँमा प्रर्दशनीमा समेत पु¥याएका छन् । प्रदर्शनीमा राम्रै माग भएको बताए । उद्यमी घरमा नयाँ इच्छुक महिलाहरुलाई पनि सिकाउँदै जाने उनले बताइन् ।
लघु उद्यम विकास विशेषज्ञ राजकुमार राईले उद्यमीहरुले अझ चाँडो र गुणस्तरीय धागो बनाउन कोसिस गर्नु पर्ने बताए । “गुणस्तरीय धागोको माग पनि उच्च छ” उनले भने “एउटा उद्यमीले दैनिक ३ देखि ५ केजीसम्म धागो बनाएको मैले देखेको छु यहाँ पनि चाँडै गरे आम्दानी पनि राम्रो हुन्छ ।” उद्यमीहरु धैर्य भएर लगातार काम गरेर यसको बजार सुनिश्चित रहेको उनले बताए ।
महिलाहरुलाई उद्यमशीलताका लागि जिल्ला लघु उद्यमी समूहको सहकार्यमा शीघ्र उद्यम पुनरोत्थान परियोजनाले सहयोग गरेको छ । साझा सुविधा केन्द्र स्थापनाका लागि पनि भुकम्पबाट प्रभावित सामुहिक भवन निर्माण गरी दिएको छ ।
कार्यक्रमबाट धागो कात्ने हाते मेसिन लगायतका औजारहरु समेत उपलब्ध गराएको छ । भुकम्पपछि उद्यम पुनरोत्थानका लागि मात्र लघु उद्यमी समूहलाई १३ लाख ६० हजार बराबरको सहयोग गरेको जिल्ला लघु उद्यमी समूह संघका कार्यक्रम संयोजक विष्णु थापाले बताए । उद्यमीहरुको गुणस्तरीय सिप विकास र बजार प्रबद्र्धनमा संघले सघाउने बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF