मैले पढेको क्रुसमा गरीव : एक समीक्षा

 आवाज संवाददाता     २३ मंसिर २०७३, बिहीबार

 

आर. के.
विशेषत समाजवादी साहित्यमा विशेष अभिरुचि राख्नुहुने कथाकार ढुंगेल समाजका तिता र यथार्थ विषयवस्तुहरुलाइ आफ्ना लेख रचनामा उतार गर्नमा पोख्त हुनुहुन्छ । नेपाली समाज, संस्कार र संस्कृतीलाइ नजिकवाट नियाल्दै त्यहि समाजको तितोसत्यलाइ कोट्याउदै समाजको भ्रम र यथार्थलाइ आफ्ना लेखरचनाहरुमा लिपिवद्ध गर्ने एवं समाज रुपान्तरणको वाटोमा लागिरहने कथाकारले वर्तमान समाजलाइ आदर्श समाज निर्माणका लागि अभिप्रेरणा दिइरहनु भएको छ । प्रस्तुत कथा संग्रह पनि त्यस्तै समाजको तितो यथार्थको चित्रण हो ।क्रुसमा गरिव कथासंङ्‍ग्रह नेपाली साहित्यमा अलग धार वोकेर आएको कथा संग्रह हो । यस कथाका कथाकार विरहीवावु ढुंगेल हुनुहुन्छ । नेपाली कथाका क्षेत्रमा उहाँको कलम धेरै समय अगाडिदेखिनै दौडदै आइरहेको छ । विभिन्न पत्रपत्रिकाहरुमा उहाँका कथा कविता र लेखहरु प्रकासित भइरहेको भएतापनि ति लेखहरुलाइ संग्रहित गर्ने कार्यमा भने यो पहिलो प्रयास हो ।

यो कथासंग्रहमा रहेका सवै कथाहरु यहि समाजमा घट्‍ने र घटिरहेका सत्य घटनामा आधारीत छन् । यी कथाहरु पढदै जादा कथाका पात्रहरुले पाठकवर्गलाइ आफु र आफै वरपरका व्यक्तिहरुको याद दिलाउनेछ ।

एउटा व्यक्तिले आफु स्वयमं र उ वाचिरहेको समाजप्रति जिम्मेवार भएर लेख्नु आफैमा एउटा चुनौतिपुर्ण कार्य हो ।

क्रुसमा गरीव कथा संग्रहमा  इसाइ सम्प्रदायभित्रका कथाहरु समावेश गरिएका छन् । जुन कथाहरु धर्म-धर्मका नाममा हुने गरेका विभेद, जात-जातविच उचो-निच भनि हुने गरेका विभेद तथा समाजमा धनि-गरिव विच हुने गरेका विभेद अनि त्यस्ता विभेदवाट समाज र व्यक्तिमा पर्न जाने दुरगामी असरका विषयमा केन्द्रत रहेका छन यसका साथै कथाका पात्रहरुको माध्यामवाट समाजमा सुख-दुखको जीवन विताइरहेका मानिसहरुको मनोवैज्ञानिक पक्षको समेत चित्रण गरिएको छ ।

मानिस समाजमा जन्मन्छ, समाजमा हुर्कन्छ वढछ र सारा जीवन नै समाजमा विताउछ तर उ सधैभरी म मेरो र मेरा लागी भनेर हिड्छ त्यँहि आफ्नोलागी दौडने दौडमानै सारा जीवन व्यतित गर्दछ अन्तमा म म भन्दाभन्दै उसको मृत्यु हुन्छ तरपनि समाजप्रति उसको सामाजिक दायित्व र कर्तव्यवाट उ विमुख भइरहेको हुन्छ ।

आखिर किन यसो हुन्छ ?

वर्तमान समयमा यो समाजमा जन्मने मानिस ज्ञानरुपी भयो, वुद्धिवान भयो, ज्ञानविज्ञानको संसारलाइ नजिकवाट चिन्ने र वुझ्ने भयो, नविनतम आधुनिक प्रविधी र उपकरणहरुको उपयोग गर्ने भयो, समग्रमा यसो भनौ की उ ज्ञान सिप चेतना र  प्रविधीले सिंगारिएको भयो तर उ कहिल्यै सामाजिक हुन सकेन, समाजलाइ वुझ्न अनी चिन्न सकेन, समाजमा आफ्नो भुमिका एवं जिम्मेवारीलाइ पहिचान गर्न सकेन समग्रमा उसले आफुलाइ चिन्न सकेन अनी आफु वरपरको समाजको वास्तविकतालाइ चिन्न सकेन । फलत समाजप्रति उसको विचार र सोचाइ सदैव उस्तै र उहि रहिरह्यो त्यसैले समाज परिवर्तन हुन सकेन सामाजीक रितिरिवाज र संस्कृतिहरुपनि परीमार्जन हुन सकेनन् । यी र यस्तै खालका व्यक्ति समाज र संस्कृतिप्रतिका चिन्तन यी कथाहरुमा छन् । समाजमा हुने गरेका थिचोमिचो, विभेदहरु र त्यसमाथीका प्रहार यस कथाका मुख्य विषयहरु हुन ।

जीवन्त समाज चलाउन एउटा रितिथिति चाहिन्छ संस्कार चाहिन्छ अनि त्यस्तो रितिथिति र संस्कारलाइ चलाउन समाजमा सकरात्मक सोच र चिन्तन भएका व्यक्तिहरु चाहिन्छ । समाजका लागी योगदान पुर्‍याउनुहुने यस्ता महान व्यक्तिवाट मात्र समुन्नत समाज वन्न सक्छ ।

मैले यसो भन्न खोजेको छैन की यो कथामा समाजमा घटेका वियोगान्त एवं दुखान्त घटनाहरु छन् जुन पढेर पाठकहरु भावविह्वल हुन्छन् अनि यसो पनी हैन की यो कथामा प्रेम र चरमसुखका अंसहरु छन जुन पढेर पाठकहरु खुसि र उमंग हुन्छन । वरु यसो भनौ यो कथा संग्रह केवल समाजका ति सत्यताहरुको काल्पनिक यथार्थता हो जुन पढेर पाठकले आफु र आफ्नो समाजको वास्तविकताको ऐना देख्न पाउँछन् । आफु र आफ्नो समाजलाइ नजिकवाट चिन्न पाँउछन । समाज र दुनियावारे अनुभुती गर्न र एकचोटि आफुलाइ समाजको सत्यताप्रति प्रतिवद्ध हुनका लागी पकैपनि सहयोग गर्नेछन् । यसैगरी कथामा प्रयुक्त भाषाशैली मौलिकता र झर्रा शव्दावलीहरु यि कथाहरु पढनका लागी पक्कैपनि प्रेरणादायक र मनोरञ्जक छन् ।

अन्तमा यि कथाहरुले मानिसले आफु मानिस भएर समाजमाथी गर्ने गरेका थिचोमिचो र त्यसवाट पर्न जाने असरहरुवारेमा समाजका सवैलाइ झकझक्याइ रहनेछन् र यी कथाले एउटा समुन्नत समाज निर्माणमा महत्वपुर्ण आधारको रुपमा काम गर्नेछन् ।

 

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF