तीर्थयात्री सवार बस लेखानीमा दुर्घटना, ३ को मृत्यु, २ गम्भीर

 आवाज संवाददाता     २४ मंसिर २०७३, शुक्रबार

उदयपुर, मंसिर २४ । उदयपुरमा यात्रुबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २६ जना घाइते छन् ।

खोटाङको प्रसिद्ध हलेसी महादेव मन्दिरको दर्शन गरेर फर्किँदै गरेका तीर्थयात्री सवार बा ४ ख ३६२० नम्बरको बस उदयपुरको लेखानीमा शुक्रबार बिहान दुर्घटना भएको हो ।

चालकसहित ४२ जना रहेको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै र एकजनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकमध्ये सप्तरीका १३ वर्षीय दिपेश रामको मात्र सनाखत भएको प्रहरीले जनाएको छ । उनको पेटमा गम्भीर चोट लागेको थियो ।
गम्भीर अवस्थाका दुई जना घाइतेलाई उपचारका लागि धरानको घोपा अस्पताल रिफर गरिएको छ । अन्य २४ जनाको भने जिल्लास्थित कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेहरु अधिकांशको टाउको र हातखुट्टामा चोट लागेको छ ।

अनलाइनखबरमा अभि लामिछानेले लेखेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF