कक्षा १० को (एसइइ) परीक्षा चैत्र ३ गतेदेखि (परीक्षा तालिका सहित)

 आवाज संवाददाता     २५ मंसिर २०७३, शनिबार

काठमाडौं । यसवर्षको कक्षा १० को अन्तिममा लिइने एसइइ परीक्षाको तालिका सार्वजनिक भएको छ । शिक्षा सचिव शान्त बहादुर श्रेष्ठको अध्यक्षतामा शिक्षा मन्त्रालयमा शुक्रबार बसेको परीक्षा सञ्चालक समितिको वैठकले परीक्षा आगामी चैत्र ३ गतेदेखि ११ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

शिक्षा ऐन संशोधनले १२ कक्षा सम्म माध्यमिक तह बनाएपछि पहिले १० कक्षामा लिइने एसएलसी परीक्षालाई १२ कक्षाको अन्तिममा र १० कक्षाको अन्तिममा एसइइ (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) लिइने भएको हो ।

प्राविधिक तर्फको परीक्षा पनि सँगै हुने अनिवार्य विषय बाहेकको  थप विषयका परीक्षाका लागि त्यो अझ केहि दिन लम्बिने  परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अम्विका प्रसाद रेग्मीले जानकारी दिए ।

गत २०७२ सालमा चैत १८ गतेबाट एसएलसी परीक्षा सञ्चालन भएको थियो ।  रेग्मीले सामाजिक सञ्जालमा गत वर्षकै परीक्षा तालिका राखेर केही व्यक्तिले भ्रम सिर्जना गर्न खोजेको बताउँदै त्यस्ता अनधिकृत सूचना तथा जानकारीका पछाडि नलाग्ने विद्यार्थी, अभिभावक एवं शिक्षकसमक्ष आग्रह गरिएको बताए ।

यसअघि एसएलसी परीक्षाका रुपमा लिइने परीक्षा यसवर्षदेखि एसइइको रुपमा लिन लागिएको हो । चैत्र ३ गते पहिलो दिन अनिवार्य अंग्रेजी र ११ गते अन्तिम दिन ऐच्छिक द्धितृय विषयको परीक्षा हुने छ ।

परीक्षा तालिका
चैत ३ गते अनिवार्य अंग्रेजी
चैत ४ गते अनिवार्य नेपाली
चैत ५ गते बिदा
चैत ६ गते अनिवार्य गणित
चैत ७ गते अनिवार्य विज्ञान
चैत ८ गते सामाजिक शिक्षा
चैत ९ गते स्वास्थ्य जनसंख्या तथा वातावरण
चैत १० गते ऐच्छिक प्रथम
चैत ११ गते ऐच्छिक द्वितीय

एजुकेशनपाटीबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।