सिनर्जी पावरले पायो २१ लाख कित्ता साधारण सेयर जारी गर्ने अनुमति

 आवाज संवाददाता     २५ मंसिर २०७३, शनिबार

सिनर्जी पावर डेभ्लपमेन्ट कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्रबोर्डबाट विहिबार सेयर निष्कासनको अनुमति पाएको छ । कम्पनीले गत कात्तिकमा आइपीओ निश्कासनका लागि बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले यसअघिनै आयोजना प्रभावित दोलखाका ६ गाउँ बिकास समितिका जनताका लागि सात लाख कित्ता साधारण सेयर निष्काशन गरेको बाँडफाँड समेत गरिसकेको छ ।

७० करोड चुक्ता पूँजी मध्ये कम्पनीले ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याएकोमा त्यसको १० प्रतिशत आयोजना प्रभावित दोलखाजिल्लाका सम्बन्धित गाउँ बिकास समितिका जनतालाई बिक्री गरेको हो। यस अघि आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाका लागि ७ करोड बराबरको ७ लाख कित्ता सेयर निस्कासन गरी संकलन गरी सकेको छ । गौरीशंकर र खारे खोलाको सिमानामा पर्ने सिप्रिङबाट विद्युत उत्पादन गरिरहेको छ । आयोजनाका लागि स्थानीय प्रभावितका लागि गौरीशंकर, खारे, चंखू, मार्बू, सरी, ओराङ, बुलुङ र लादुकबासीलाई सेयर वितरण गरेको हो ।यस अघि आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाका लागि ७ करोड बराबरको ७ लाख कित्ता सेयर निस्कासन गरी संकलन गरी सकेको छ । गौरीशंकर र खारे खोलाको सिमानामा पर्ने सिप्रिङबाट विद्युत उत्पादन गरिरहेको छ । आयोजनाका लागि स्थानीय प्रभावितका लागि गौरीशंकर, खारे, ओराङ, बुलुङ र लादुकबासीलाई सेयर वितरण गरेको हो । अब बाँकी ३० प्रतिशत सेयर देशभरका सर्वसाधारणको लागि बिक्री खुला गर्ने भएको हो ।

कम्पनीको धितोपत्र निश्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

सिनर्जी पावरले दोलखामा १० मेगावाटका सिप्रिङ खोला हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । सिनर्जी पावर डेभलपमेण्टले वि.सं. २०६९ माघ ३ गतेदेखि सिप्रिङ्ग खोलाबाट १० मे.वा. विद्युत् उत्पादन योजना शुरु गरेको थियो । त्यसैगरी, वि.सं. २०६५ माघ २० गते नेपाल विद्युत् प्राधिकरणसंग विद्युत् खरीदविक्री सम्झौता भएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।