५ नं प्रदेशका जनताको समर्थनमा उत्रन पूर्व सभामुख नेम्वाङको आह्वान

 आवाज संवाददाता     २५ मंसिर २०७३, शनिबार

दोलखा,
नेकपा एमालेको नेता तथा पूर्व सभामुख सुभास नेम्वाङले ५ नं. प्रदेशका जनताको समर्थनमा उत्रन पार्टी कार्यकर्ताहरुलाई आव्हान गरेका छन् । नेकपा एमाले दोलखा क्षेत्र नं. २ को तेस्रो क्षेत्रीय अधिवेशनको चरिकोटको उद्घाटन गर्दै पूर्व सभामुख नेम्वाङले सिमाङ्कन हेरफेरको विरोधमा ५ नं. प्रदेशका जनता विरोधमा उत्रेकाले उनीहरुको समर्थन देशभरबाट गर्नु पर्ने बताए ।
‘५ नम्बर प्रदेशमा राष्ट्रिय झण्डा बोकेर लाखौँ जनता सडकमा उत्रिएका छन्’ उनले भने ‘९० प्रतिशतले बनाएको संविधान स्वीकार्य भएन रे, के भन्न खोजेको ?।’ मधेशी मोर्चाको आन्दोलनको विषयमा उनले अल्पमतको संज्ञा दिए । ५४ जना कांग्रेसका, एमालेका ३९ माओका १२ जना मधेशका सभासद छन् तर विरोध गर्ने जम्मा ११ जना मधेशी साथीहरु छन् । अब मधेशकै २ तिहाइ बढी सभासदले समर्थन गरेको संविधान केहीको विरोधको पछि लाग्न नहुनेमा जोड दिए ।
नेकपा एमालेले अहिले देश र जनतको हितमा आन्दोलन गरिरको बताए । ‘केही साथीहरु संविधान नबनोस भन्ने चाहन्थ’े उनले भने ‘अन्तिम समयमा संविधान जारी गर्ने बेला राष्ट्रपति ४५ मिनेट ढिलो आउँदा संविधान जारी हुनेमा सबैमा संका थियो ।’ ५ वर्ष ८ महिनालगाएर संविधान बनाएको जनताको संविधान संसारकौ समावेशी ढंगले संविधान भएको उनले दाबी गरे ।
संविधान जारी हुँदा सबैको उपस्थिति थियो । संसारमै यति समावेशी संविधानसभाले समावेशी संविधान बनाएको महिलामैत्री भएको बताए । ‘पहिलो पटक जनताले जनताको लागि संविधान बनाए अब यसको कार्यान्वयन गर्नुको विकल्प छैन’ उनले भने ।
प्रचण्ड सरकार निर्वाचन गराउन नचाहेको नेम्वाङले आरोप लगाए । केपी ओली सरकारले तीनै तहको निर्वाचनको कार्यतालिका ल्याएको थियो तर त्यो किन दराजमा थन्क्याएको ? उनले प्रश्न गरे । निर्वाचन गराउन निर्वाचन विधेयक संसदबाट पास हुनुपर्छ तर वर्तमान सरकार किन त्यो कानुन संसदमा ल्याउन चाँहदैन ।
केपी ओली उच्च शिर बनाएर सिंहदरबार छिरे उच्च शिर लिएरै बाहिरिएको उनले जिकिर । एमाले नेतृत्वको सरकारले ल्याएको बजेट उत्कृष्ट थियो, यसले एमालेको लोकप्रियता बढ्न लाग्यो भनेरै सरकार गिराएको आरोप उनले आरोप लगाए । सरकारले विधेयक संसदमा नलगेर संसद आजभाली बेकामे छ । संसद बेकामे भएकैले सभामुख दुबइ घुम्न निस्केकी उनले दाी गरे ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।