संशोधन फिर्ता नलिएसम्म सदनको अवरोध नहटाउने विपक्षी ८ दलको निर्णय

 आवाज संवाददाता     २८ मंसिर २०७३, मंगलवार

काठमाडौं , २८ मंसिर । नेकपा एमालेसहितका विपक्षी दलहरुले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेका छन् । साथै सरकारले चुनावको मिति घोषणा गरे संशोधनको विरोधलाई नै एजेण्डा बनाएर चुनावमा जाने समेत विपक्षी दलहरुले बताएका छन् ।

मंगलबार बसेको विपक्षी ८ दलको बैठकले संशोधन फिर्ता नलिएसम्म कुनै सम्झौता नगर्ने निर्णय गरेको हो । ‘संशोधन फिर्ता लिने र चुनावको वातावरण बनाउन सरकारको प्रयासमा हाम्रो सहयोग नै हुन्छ,’ एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने, ‘विधेयक फिर्ता नभएसम्म सदनको अवरोध जारी राख्ने निर्णय भएको छ ।’

बैठकमा सरकारले चुनावको मिति घोषणा गरे के गर्ने भन्नेबारे समेत छलफल भएको थियो । नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालका अनुसार सरकारले मिति घोषणा गरे संविधान संशोधनको विरोधलाई नै एजेण्डा बनाएर जाने सहमति भएको छ ।

सरकारले चुनाव गर्न चाहे भाग नलिने भन्ने आफूहरुको नीति नरहेको एमाले प्रमुख सचेतक ढकालले बताए ।

अनलाइनखबरबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF