टिफर दुर्घटनामा ४ को मृत्यू

 आवाज संवाददाता     २९ मंसिर २०७३, बुधबार

रामेछाप । २९ मंसिर
सोहि गाविसको गाल्वा बजार बाट चोप्राङ तर्फ जादै गरेको बा२ ख ६८८८ नंम्बरको खाली टिफर पछाडि लैजाने क्रममा सडक बाट २५० मिटर तल खसेको थियो ।
रामेछापको खाडादेवी गाविसको वडा नं १ मा मंगलबार राति टिफर दुर्घटना हुँदा उक्त गाडिमा सवार ४ जनाको मृत्यू भएको छ ।
उक्त दुर्घटनमा परी मृत्यू हुनेहरुमा टिफर चालक सिन्धुपाल्चोक तातोपानीका कुमार बि क , गाडिमा सवार सिन्धुली कपिलाकोटका २४ बर्षिया रुपेश भण्डारी, सर्लाहि घर भएका २९ बर्षिय बिकाश पौडेल र ललितपुर धापागाउका ३५ बर्षिय किरण डाँगी रहेका छन् ।
मृतक ४ जनाकै लाश पोस्ट मार्टमका लागि आज विहान जिल्ला सदरमुकाम मन्थलीमा रहेको प्राथामीक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF