दोलखाको सहकारीमा ५ अर्ब

 आवाज संवाददाता     २९ मंसिर २०७३, बुधबार

मन्दिरा बस्नेत
दोलखा, २९ मंसिर
दोलखाको सहकारीमा ५ अर्ब कुल सम्पत्ति पुगेको छ । जिल्लाभरका सहकारीकर्मीहरुले बचत गरेको रकमबाट उक्त सम्पति पुगेको हो । यो सम्पति गत वर्षको भन्दा ९० करोड बढी हो ।
दोलखा जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईका अनुसार दोलखामा मात्र १ लाख ६० हजार शेयर सदस्य रहेका छन् । उनका अनुसार विभिन्न उद्देश्यका ५ सय २४ वटा सहकारी संस्था दर्ता भएका छन् ।
सहकारीमा मात्र प्रत्यक्षे रुपमा ७ सय बढीले रोजगारी पाएको उनले बताए । सहकारीले अप्रत्यक्ष रुपमा २ हजार बढी संलग्न छन् ।
दोलखा जिल्लाको सहकारी संस्थाहरुले मुख्यतया गरिब तथा विपन्न वर्गसम्म समेट्दै वचत गर्ने बानि बसाइसकेको छ । ऋण प्रभाह गरी व्यबसायलाई प्रर्वदन गर्ने कामहरु गर्दै आएको छ । त्यस्तै विदेशबाट पठाएको पैसा पनि सर्वसुलभ तरिकाले दिने व्यबस्था गर्दै आएको छ । सदस्यको विमा सम्बन्धि काम गर्ने, सदस्यहरुलाइ ज्ञान, सिप प्रदान गर्ने,वित्तिय परामर्श दिने जस्ता कामहरु गर्दै आएका छन्। भन्ने कुरा दोलखा जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाँइले बताउनुभयो।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।