लोकसेवाले माग्यो ५०४ अधिकृत, यसरी भर्न सकिन्छ अनलाइन फाराम (तरिकासहित)

 आवाज संवाददाता     २९ मंसिर २०७३, बुधबार

लोकसेवा आयोगले विभिन्न सेवा र समुहमा ५ सय ४ जना अधिकृतको माग गरेको छ । आयोगले बुधबार एक विज्ञापन प्रकाशित गरी दरखास्त आह्वान गरेको हो । दरखास्त फाराम अनलाइनमार्फत गर्ने व्यवस्था गरिएको छ ।

कसरी भर्ने अनलाइन फाराम ?

आयोगका अनुसार अनलाइन फारम भर्नका लागि युजर प्रोफाइल/ मास्टर आइडी बनाउनु पर्नेछ । यसअघि नै विभिन्न पदका विज्ञापनमा दरखास्त दिइसकेका उम्मेद्वारहरुले भने पुनः नयाँ युजर प्रोफाइल बनाउनु पर्नैन । सोहि प्रोफाइलको युजर नेम र पासवर्ड प्रयोग गरी विज्ञापनहरुमा फारम भर्न सकिनेछ ।

युजर प्रोफाइल बनाउने तरिका
नयाँ युजर प्रोफाइल खाता बनाउन आयोगको वेवसाइट www.psc.gov.np मा रहेको अनलाइन एप्लिकेसनमा क्लिक गरेपछि प्राप्त हुने स्कृनमा देखिने विन्डोको युजर मेनुअल राम्रोसँग अध्ययन गरी साइनअप मेनु मा क्लिक गर्नुपर्नेछ ।
–उम्मेद्वारले प्रारम्भिक दर्ता फारममा उल्लेख भएका सम्पूर्ण विवरणहरु भर्नुपर्छ यसरी विवरण भरिसकेपछि फारामको अन्त्यमा रहेको सेभ बटन मा क्लिक गर्नुपर्नेछ ।
– त्यसपछि उम्मेद्वारको युजर र पासपोर्टसहितको म्यासेज देखिनेछ । म्यासेज उम्मेद्वारले उपलब्ध गराएको मोबाइल नम्बरमा समेत उपलब्ध हुनेछ ।
– सो युजर र पासपोर्ट बाट नै उम्मेद्वारले लगइन गर्नुपर्नेछ ।

–उम्मेद्वारको दुबै कान देखिने स्क्यान गरेको वा क्यामराबाट खिचेको पासपोर्ट साइजको डिजिटल फोटो (बढीमा २०० केबी साइजको) तथा स्पष्ट रुपमा देखिने गरी स्क्यानिङ गरेको वा क्यामराबाट खिचेको उम्मेद्वारको दस्तखतको डिजिटल कपी (बढीमा १०० केबी साइजको) अपलोड गर्नुपर्छ ।

–उम्मेद्वारको व्यक्तिगत विवरण, शैक्षिक योग्यता, तालिम अनुभवलगायत अन्य विवरणहरु अनलाइन फर्म भर्दा उल्लेख गर्नुपर्नेछ । साथै उम्म्द्वारले न्युनतम शैक्षिक योग्यता खुल्ने प्रमाणपत्र र कार्यअनुभव आवश्यक पर्ने कार्यअनुभव प्रमाणित गरेको फारम स्पष्ट देखिने गरी स्क्यान गरेर अपलोड गर्नुपर्छ ।
–कार्यअनुभव सम्बन्धी प्रमाणित गर्नुपर्ने फारम साइनअपमेनु मा गई डाउनलोड गर्न सकिनेछ ।

अनलाइनबाट दरखास्त  बुझाउने तरीका
–फाराम भर्नुपूर्व आयोगको वेवसाइटमा रहेको अनलाइन दरखास्त फाराम भर्दा ध्यान दिनुपर्ने कुरा र अपनाउनु पर्ने विधि डाउनलोड गरी ध्यान पूर्वक अध्ययन गर्नुपर्नेछ ।
–अनलाइन मार्फत दरखास्त फाराम भर्ने उम्मेद्वारले क्रियट गरेको आफ्नो युजर नेमबाट लगइन गरी आवश्यक थप विवरणहरु भर्दै जानुपर्नेछ । भरिसकेको विवरणहरु सच्याउनु परेका ब्याक बटनमा क्लिक गर्नुपर्नेछ ।
–उम्मेद्वारले भरेका विवरणहरु साँचो हुनुपर्नेछ । झुटा विवरण भएमा जुनसुकै विवरण दरखास्त रद्द हुनेछ । साथै झुठो ठहरिएमा कानुन बमोजिम कारबाही समेत हुनेछ ।
–अपलोडको स्थानमा आफ्नो मुखाकृति स्पष्ट देखिने हालसाथै खिचेको पासपोर्ट साइजको (कम्तीमा१५० पिक्सेल) फोटो र स्पष्ट देखिने दस्तखतको नमुना स्क्यान गरी अपलोड गर्नुपर्नेछ । अपलोड गर्नुपर्ने डकुमेन्टको फाइल नेम अंग्रजी भाषामा हुनुपर्नेछ र डकुमेन्टहरको इक्सटेन्सन ‘जेपीइजी’ मा हुनुपर्नेछ । अपलोड गर्नुपर्ने डकुमेन्टको साइज २०० केबी भन्दा बढीको हुनुहुँदैन ।
–फोटो र दस्तखत अपलोड गरिसकेपछि नेक्ट बटनमा क्लिक गरेर आफूले भरेको सम्पूर्ण विवरणको पुनरावलोकन गर्न सकिनेछ । केहि गल्ती भए क्याक बटन प्रयोग गरी सच्याउन सकिनेछ ।
–आफूले दरखास्त दिन चाहेको, सेवा समुह, श्रेणी र पदको लागि आयोगबाट प्रकाशन भएका कोड नम्बरमा क्लिक गरी आफ्नो शैक्षिक योग्यताले मिल्ने पद छनोट गर्नुपर्नेछ ।
–छनोट गरेको विज्ञापनमा क्लिक गरिसकेपछि दरखास्त दिन चाहेको विज्ञापन एकीङ गरी चेक बक्समा क्लिक गरी प्रोसेस बटनमा क्लिक गर्नुपर्नेछ । एक पटक दरखास्त सबमिट भइसकेपछि पुन सोहि विज्ञापन अन्तर्गतको अन्य समुहमा दरखास्त दिन सकिने छैन । अन्य समुहमा दिनु परेमा पहिले गरेको सम्पूर्ण प्रक्रिया खारेज गरी पुन सबै प्रक्रिया दोहोर्याउनुपर्नेछ ।
–दरखास्त प्रक्रिया पूरा गरी सकेपछि विन्डोमा पाठ्यक्रमको ढाँचा र आवश्यक न्युनतम शैक्षिक योग्यतासम्बन्धी जानकारी प्राप्त हुनेछ ।

परीक्षा दस्तुत बुझाउने गरीका
–उम्मेद्वारले आफूले प्राप्त गरेका मास्टर आइटी सहितको भर्पाई लिई आयोगको जुनसुकै कार्यालय तथा सम्बन्धित निकायमा परीक्षा दस्तुर बुझाउनु पर्नेछ ।
–यस्तै दरखास्त फाराम स्वीकृत भइ रोल नम्बर कायम भएपछि दरखास्त स्वीकृत भएको ब्यहोरा उम्मेद्वारले आफूले उपलब्ध गराएको मोबाइलमा एसएमएस आउनेछ । त्यसपछि रोलनम्बरसहितको प्रवेश पत्र जारी हुन्छ । जुन आयोगको साइटमा राखिनेछ र प्रिन्ट गरी परीक्षामा सहभागि हुँदा लिएर जानुपर्छ ।

d8883af85bf702278422a4c894a61b47

7e24c5c8214dd5116fdfbf145b641b34

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।