विरुवामा बोलेरो दुर्घटनामा ३ घाइते

 आवाज संवाददाता     ३ पुष २०७३, आईतवार

दोलखाको भीमेश्वर नगरपालिका ६ विरुवामा बोलेरो जीप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । नाम्दु मार्वबाट चरिकोट आइरहेको बा १३ च २९५७ नम्बरको बोलेरो जीप आज बिहान भी न पा ६ बिरुवामा दुर्घटना भएको छ । आज बिहान करिब ९ः४५ बजे भएको दुर्घटना भएको हो । दुर्घटना भएको जीप सडकभन्दा तल पुगेको पत्रकार राजकुमार दाहालले जानकारी दिए ।
दुर्घटनामा नाम्दु ८ को ७० वर्षीय झिल्के लामा, नाम्दु ३ का ५५ वर्षीय बाबुराम तामाङ र अन्य एकजना रहेका छन् ।घाइतेहरुको उपचार सदरमुकाम चरिकोट स्थित प्राथमिक उपचार केन्द्र भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

गुडी रहेको बसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रत्यक्षदर्शी नाम्दुकी अनिता घिसिङले बताइन् । दुर्घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते हुनेहरु नाम्दुकै रहेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF