मागापौवामा भूकम्प प्रतिरोधी घर निर्माणमा पौरखीको सहयोग

 आवाज संवाददाता     ३ पुष २०७३, आईतवार

मागापौवा ७ का चेतबहादुर नेपाललाई आजभोली घर बनाउन भ्याई नभ्याई छ । भुकम्प पीडितको नामबाट ५० हजार पहिलो किस्ता सहयोग सहकारबाट अनुदान प्राप्त गरेका नेपालले अहिले जगभन्दा माथिको माग उठाइ सके ।
नेपालको घर बनाउन ९ जना डकर्मी सिकर्मी काम गर्छन् । दोस्रो किस्ता लिनका लागि इन्जिनियरले तोकेको मापदण्ड पूरा गर्न डकर्मी सिकर्मी पनि तल्लिन् छन् । उनीहरुले घरको चारैं सुरमा रड पनि सँगै उठाएका छन् । जडबाट एक फिट उठाएपछि रड सिमेन्ट प्रयोग गरेर बाँध्ने तयारी पनि गर्दै छन् ।
उनीहरुले इन्जिनियरहरुबाट लिएको तालिमका आधारमा अहिले घर बनाउन लागेका हुन् । घर बनाएको मिल्यो कि मिलेन भनेर बेला बेलामा इन्जिनियरहरुलाई फोनमै भए पनि परामर्श लिइरहेका छन् । पुननिर्माण प्राधिकरणले खटाएका प्राविधिक आन्दोलनमा गएकाले उनको घरको नियमित प्राविधिक रेखदेख नजिकै रहेका गैर सरकारी इन्जिनियरहरुले गरिरहेका छन्
कारितास लग्जेम्बरको आर्थिक सहयोगमा क्रातेर र एएसएफ नेपाल नामक गैर सरकारी संस्थाले मागापौवा ७ का भुकम्प पीडितहरुको भुकम्प प्रतिरोधी घर निर्माणका लागि प्राविधिक सहयोग पु¥याउँदै आएको छ । स्थानीयस्तरमा पौरखी नेपालले सामाजिक समन्वय गरिरहेको टोलीले मागापौवाको ११४ घरमा प्राविधिक सहयोग गर्ने बताए ।
संयुक्त टोलीले मागापौवा ७ मा एक महिना लगाएर एक भुकम्प प्रतिरोधी नमूना घर समेत बनाएको छ । घर बनाउनका लागि स्थानीय डकर्मी र सिकर्मी ३० दिनसम्म खटिए । काम गर्दै आएका डकर्मी सिकर्मीलाई नयाँ भुकम्प प्रतिरोधी घर बनाउन सीप विकासका लागि लगाएको पौरखी नेपालका निर्देशक कृष्णबहादुर गुरुङले बताए ।
एक महिना लगाएर बनाएको घर सामुदायिक भवनको रुपमा स्थानीयले प्रयोग गर्ने भएका छन् । भवन निर्माणका लागि स्थानीय स्तरमा पाइने, काठ, ढुङ्गा, माटो, बाँसको प्रयोग गरिएको छ । ३० दिने पुर्नताजगी तालिमका लागि हाइटी, लगायतका भुकम्पग्रष्त देशमा लामो समय काम गरेका विदेशी आरटीटेक इन्जिनियरहरुले समेत प्रशिक्षण दिए ।
स्थानीयस्तरका काठ र बाँस पनि उपचार गराएर प्रयोग गरेका छन् । उपचार गरेको काठ हत्तपत्त किरा नलाग्ने भएकाले लामो समय टिकाउ हुने इन्जिनियरहरुको बनाइ । काठ उपचार गर्नका लागि नजिकै सानो पोखरी समेत बनाएका छन् । उनीहरुले स्थानीयलाई पनि काठ उपचार विधि सिकाएका छन् । सस्तो प्रविधिको रुपमा काठको बाहिरी भागमा मोविल समेत पोतेका छन् ।
नमूना सामुदायिक भवन निर्माणपछि इन्जिनियरहरुलाई गाउँ गाउँ पुग्ने छन् । ‘हामीसँगै ३० दिन काम गरेका डकर्मी सिकर्मीले सँगै सिकेको सीप प्रयोग गरेर गाउँको घर बनाउँछन्’ निर्देशक गुरुङले भने ‘नमुना घर निर्माण सकिए तापनि हाम्रा इन्जिनियरहरु गाउँका घर निर्माण भइरहेका ठाउँमा गएर प्राविधिक परामर्श दिन्छन् ।’ मागापौवा ७ मा ११४ घर भएको बताउँदै निर्देशक गुरुङले ति घर निर्माण पूरा नहुँदासम्म ति इन्जिनिर गाउँमै बसेर काम गर्ने जानकारी दिए ।
गाउँ घरमै इन्जिनियर आएर नियमित रुपमा प्राविधिक परामर्श दिंदा स्थानीयहरु पनि खुशी छन् । मागापौवा ७ का चेतन नेपालले सानो त्रुटी हुँदा पनि इञ्जिनियरहरुले सजग गराउने बताए । इन्जिनियरको नियमित रेखदेखमा घर बनाउँदा घर पनि भुकम्प प्रतिरोधी हुने र अर्को किस्ता पनि सजिलै पाउनेमा भुकम्प पीडितहरु ढुक्क छन् ।
तालिम लिएपछि सीप पनि जानियो, काम पनि धेरै आएको स्थानीय डकर्मी कुमार तमाङले बताए । ‘सबैको घर भत्किएको छ, सबैको बनाउँनु पर्ने छ’ उनले भने ‘एउटा घर सकेर अर्कोमा जाने हो, अहिले पनि २० वटा जति घर लाइनमा छन् ।’
पुनःनिर्माण प्राधिकरणका इन्जिनियर नियमित गाउँमा नबस्ने र पटक पटक आन्दोलनका नामा गाउँमा नबस्दा स्थानीयस्तरमा समस्या हुँने जिल्ला विकास समिति दोलखाका कार्यक्रम अधिकृत विक्रम कार्कीले बताए । अरु प्राविधिकहरु नहुँदा गैर सरकारी संस्थाका इन्जिनियरहरुबाटै घर घर पुगेर प्राविधिक परामर्श हुँदा भुकम्प पीडितहरु टहरोबाट चाँडै घर फर्कने उनले विश्वास गरे ।
पुनर्निमाण प्राधिकरण जिल्ला समन्वय समितिको गत मंसिर २७ गते बसेको बैठकले समेत प्राधिकरणका इन्जिनियरहरु आन्दोलनमा रहँदा गैर सरकारी संस्थाका इन्जिनियरहरुबाट समेत सिफारिस गर्न मिल्ने व्यवस्था गर्न केन्द्रमा अनुरोध गरेको छ ।

????????????????

????????????????

????????????????

????????????????

????????????????

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।