नेफ्कुनको बागडोर डीबी बस्नेतलाई, काँग्रेस–एमाले गठबन्धन विजयी (सम्पूर्ण मतपरिणाम सहित)

 आवाज संवाददाता     ३ पुष २०७३, आईतवार

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को अध्यक्षमा डिबी बस्नेत विजयी भएका छन् । अध्यक्ष सहित सञ्चालक समितिमा शनिबार भएको निर्वाचनमा एमाले–काँग्रेस गठबन्धनले विजयी हाँसिल गरेको हो । सर्वसम्मतीको प्रयास नमिलेपछि माओवादीले छुट्टै प्यानल खडा गरेको थियो । बस्नेत दोलखाको पुरानो सहकारी अरनिको साकोसबाट प्रतिनिधित्व गरेका छन् ।

बस्नेतले १ हजार १ सय ७७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नवराज सापकोटाले १६७ मत ल्याए ।

वरिष्ठ उपाध्यक्षमा परितोष पौड्याल १ हजार १ सय ४९ मत ल्याइ बिजयी भए । यस्तै महासचिवमा ८९९ मत ल्याई चन्द्रप्रसाद ढकाल विजयी भएका छन् ।

महिला उपाध्यक्षमा पार्वती खाँड राई, कोषाध्यक्षमा केशव प्रसाद पोखरेल, खुला सदस्यतर्फ उद्वव सापकोटा, भरतप्रसाद दवाडी, चण्डिप्रसाद शर्मा पौडेल, नानीकाजी शाक्य बिजयी भए ।

प्रदेश सदस्यहरुमा डा. कृष्ण पौडेल, दिपक पनेरु, भीम बहादुर गुरुङ, कृष्ण प्रसाद नेपाल, घनश्याम अधिकारी, महिलातर्फ शान्ति अधिकारी, गोमा नेपाल र चन्द्र कुमारी खड्का , लेखा समिति संयोजकमा दामोदर अधिकारी र सदस्यहरुमा विपिन शर्मा, शुभद्रादेवी महतो विजयी भईन ।

 

नेफ्स्कून निर्वाचन मतपरिणाम

अध्यक्ष : डिबी बस्नेत : ११७७ (विजयी)
अध्यक्ष : नवराज सापकोटा : १६७
बरिष्ठ उपाध्यक्ष : परितोष पौड्याल : ११४९ (विजयी)
बरिष्ठ उपाध्यक्ष : न्हुन्छेनारायण श्रेष्ठ : १७४
महिला उपाध्यक्ष : पार्वती खाँड राई (निर्विरोध)
महासचिव : चन्द्रप्रसाद ढकाल : ८९९ (विजयी)
महासचिब : दिपक थापा : ४३९
कोषाध्यक्ष : केशव प्रसाद पोखरेल (निर्विरोध)

महिला सदस्य

शान्ति अधिकारी : ११०५ (विजयी)
गोमा नेपाल : १०८४ (विजयी)
चन्द्र कुमारी खड्का : १००९ (विजयी)
शारदा पौडेल : २६८

खुला सदस्यतर्फ

उद्वव सापकोटा : १०३३ (विजयी)
चण्डि प्रसाद शर्मा पौडेल : १०१३ (विजयी)
भरत प्रसाद दवाडी : ९२९ (विजयी)
नानीकाजी शाक्य : ९३६ (विजयी)
नवराज तामाङ : १६९
सन्दिप सापकोटा : २५४
धुर्व प्रसाद खनाल : १३३
राममणी आचार्य : १२३
राधेश्याम सुवाल : १५७
प्रदेश सदस्यतर्फ
प्रदेश नं. १
घनश्याम अधिकारी : १०२८ (विजयी)
सुनिलदत्त अधिकारी : ७९
भवानीप्रसाद दंगाल : ९९
प्रदेश नं. २
डा. कृष्ण पौडेल : ११०५ (विजयी)
रामबाबु यादव : १४९
प्रदेश नं.३ः
दिपक पनेरु : १०५९ (विजयी)
विरोद खण्ड तिमल्सिना : १८१
प्रदेश नं.४
भीम बहादुर गुरुङ्ग : १०७३ (विजयी)
प्रकाश सापकोटा : १६५
प्रदेश नं. ५ः कृष्ण प्रसाद नेपाल (निर्विरोध)
प्रदेश नं.६ः यज्ञ प्रसाद ढकाल (निर्विरोध)
प्रदेश नंं.७ः माधव जोशी (निर्विरोध)

लेखा समिति

संयोजकः दामोदर अधिकारी (निर्विरोध
सदस्य : विपिन शर्मा १०३५ (विजयी)
सदस्य : हरीरत्न गोर्खाली : ७५
सदस्य : राजु मानन्धर : ७३
सदस्य : शिवहरि श्रेष्ठ : ५१
सदस्यः राजु मानन्धर : ७३
सदस्य : शुभद्रा महतो (निर्विरोध)

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।