बेलायती प्रधानमन्त्रीले राजिनामा दिने

 आवाज संवाददाता     १० असार २०७३, शुक्रबार

बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले आफ्नो पदबाट राजिनामा दिने घोषणा गर्नुभएको छ ।

युरोपेली युनियनमा बेलायत रहने वा नरहने भनी गरिएको जनमत सङ्ग्रहमा नरहने पक्षको विजय भएकोले उहाँले आफूले राजिनामा दिने इच्छा जाहेर गर्नुभएको बताइएको हो ।

मलाई लाग्छ म अब हाम्रो देशको अर्काे गन्तव्यसम्म पुर्याउनका लागि मेरो उपस्थिति राम्रो हुनेछैन– उहाँले भन्नुभएको छ ।
प्रधानमन्त्री क्यामरुन युरोपेली सङ्घमा बेलायत रहनुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो । रासस

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।