सुनकोसीमा जीप खस्यो, पाँचजनाको मृत्यु

 आवाज संवाददाता     ३ पुष २०७३, आईतवार

सिन्धुलीः मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको रत्नावती गाविसमा जीप दुर्घटना हुँदा कम्तिामा पाँचजनाको ज्यान गएको छ ।

खोटाङको हलेसीतर्फ गइरहेको  बा १२ च ८८९७ नम्बरको जीप रत्नावती गाविस–३ स्थित घाटपाखाबाट सुनकोसीमा खस्दा पाँचजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख उमाशंकर पञ्जियारले जानकारी दिए ।

यो दुर्घटनामा चारजना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा एकै परिवारका परेको प्रराम्भिक अनुमान गरिएको छ ।

स्कोरपियो जीप सुनकोसीमा खसेपछि ज्यान गुमाएकाहरुको सनाखत भइसकेको छैन । अहिले प्रहरी र स्थानीयबासीले उद्धार गरिरहेका छन् ।

घटनपछि सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी तारबहादुर कार्की र प्रहरी प्रमुख पञ्जियारसहितको सुरक्षा टोली घटनास्थलमा पुगेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF