जबरजस्ती करणी र बहुविवाहको आरोपमा ५ जना प्रहरीको नियन्त्रणमा

 आवाज संवाददाता     ३ पुष २०७३, आईतवार

दोलखाको उत्तरी गाविस लामावगरका २ वालिकालाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार राती करिव १० वजे घरमा अभिभावक नभएको अवस्थामा करणी गर्न खोजेको आरोपमा गौरीशंकर गाविस–६ बस्ने पासाङ शेर्पा, सोही गाविसका ४ र ९ बस्ने २० वर्षीय पूर्णबहादुर ठकुरी र १८ वर्षीय लाक्पा शेर्पालाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विनोद सुनुवारले वताए । उनीहरुविरुद्ध करणीको उजुरी परेपछि पक्राउ गरिएको उनले वताए ।

उनीहरुको विरुद्ध थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यसैबीच बहुविवाह आरोपमा मिर्गे–३ बस्ने ४५ वर्षीय सोमबहादुर खत्री र भक्तपुर नगरकोट नगरपालिका–१ बस्ने मञ्जु खत्रीलाई पहरीले पक्राउ गरेको छ । उनीहरुलाई खत्रीको श्रीमती चमेलीले जाहेरी दिएपछि कोटेश्वरवाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु विरुद्ध बहुविवाह मुद्धा अन्तर्गत हिरासतमा राखी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF