एकमुस्ट राहत दिने विषयमा सहमति नजुटेपछि संसद बैठक स्थगित

 आवाज संवाददाता     १० असार २०७३, शुक्रबार

काठमाण्डौ – भूकम्पभूकम्पलाई एकमुष्ठ २ लाख दिनुपर्ने विषयमा सहमति जुट्न नसक्दा व्यवस्थापिका संसदको आजको बैठकपनि स्थगीत भएको छ । नेपाली काँग्रेसले एकमुष्ट २ लाख दिनुपर्ने माग राखेर बिहीबारदेखि अवरुद्ध गरेको बैठक आजपनि सहमति नजुटेपछि स्थगित भएको हो ।

काँग्रेसले राहतको विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग राखेपछि बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम थियो । तर वैठक शुरु हुनुपूर्व भएको छलफलमा सहमति नजुटेपछि सवा १ बजे सूचना टाँस गरेर स्थगीत गरीएको हो । अर्को बैठक आईतबार बिहान ११ बजे बस्ने बताईएको छ ।
प्रधानमन्त्रीले खाजा बाँडेजस्तो होईन भन्नुभयो : काँग्रेस

भुकम्पभूकम्पलाई एकमुष्ट राहत दिनुपर्ने मागमा प्रधानमन्त्री केपि ओलीले राहत खाजा बाँडेको जस्तो नभएको प्रतिकृया दिएको काँग्रेसले आरोप लगाएको छ । व्यवस्थापिका संसदको बंठक स्थगीत भएपछि प्रतिकृया दिँदै काँग्रेस नेता प्रकाशशरण महतले छलफलमा प्रधानमन्त्रीले रातह खाजा बाँडेजस्तो प्रतिकृया दिएकोले सहमति हुन नसकेको बताए । ‘हामीले प्रधानमन्त्रीको सन्तोषजनक जवाफ आओस भनेस चाहेका थियौँ तर बैठक शुरु हुनु अघि भएको छलफलमा शुरुमै प्रधानमन्त्रीको जवाफ खाजा बाँडेको जस्तो होईन भन्ने आयो’ महतले भने ‘उहाँहरुले सल्लाह गर्न बाँकी रहेको भएर हो कि सभामुखले बैठक स्थगीत गर्नुभयो ।’ उनले २० जिल्लामा भूकम्पको पहिचान नै हुन नसकेको र कसैलाई पनि राहत दिन नसक्नु दुःखद भएको प्रतिकृया दिए ।

काँग्रेसले बनाएको नियमकै कारण एकमुष्ट राहत दिन मिल्दैन : मन्त्री खरेल

नेपाली काँग्रेसको सरकारले बनाएको नियमकै कारण भूकम्पभूकम्पलाई एकमुष्ट राहत दिन नमिल्ने सरकारले बताएको छ । अघिल्लो सरकारको समयमा एकमुष्ठ राहत दिनुपर्ने आवाज उठेपनि काँग्रेसले एकमुष्ठ राहत दिन नमिल्ने नियम बनाएका कारण अहिले एकमुष्ठ राहत दिन नमिलेको सरकारका कानुनमन्त्री अग्नी खरेलले बताए । ‘ हिँजो एकमुष्ठ राहत दिनुपर्छ भनेर आवाज उठाउनेमा म पनि थिएँ भनेपनि अन्यथा हुँदैन तर अन्तराष्ट्रिय सन्धि सम्झौता पनि हेर्नुप¥यो भनेर एकमुष्ठ दिन नमिल्ने नियम बनाईयो’ मन्त्री खरेलले भने ‘विगतमा काँग्रेसको सरकारका अर्थमन्त्री रामशरण महतले बनएको नियम फर्केर हेर्नुस, एक वर्ष अगाडी नै एकमुष्ठ २ लाख दिएको भए के हुन्थो होला ?’

मन्त्री खरेलले आफैले अप्ठ्यारो पर्ने नियम बनाउने अनि अहिले संसद अवरुद्ध गर्ने काम ठीक नभएको बताए । यसले गर्दा संविधान कार्यान्वयनका विषयमा समस्या पर्ने उनको भनाई छ । ‘हिँजो आफैले बनाएका नियमका कारण अप्ठ्यारो भएपछि सँधै सँसद अवरुद्ध गर्ने काम उचित होईन’ उनले भने ‘यसले संविधान कार्यान्वयनका महत्वपूर्ण विषयमा समस्या उत्पन्न गर्छ ।’

मन्त्री खरेलका अनुसार नयाँ संविधानको कार्यान्वयनका लागि थुप्रै कानुनहरु बनाउने काम बाँकी रहेकोले अहिले कानुन बनाउन नदिए संविधान कार्यान्वयनमा पनि समस्या उत्पन्न हुने बताउ । ‘संविधान कार्यान्वयनका लागि थुप्रै कानुनहरु बनाउने विषयमा संसद अवरुद्ध भएपछि समसया पर्छ’ उनले भने ‘एकवर्षभित्र उच्च अदालत गठन हुन सकेन भने पुनराबेदन अदालतहरु भंग हुने अवस्था छ, अदालतको अवस्था डामाडोल हुनेवाला छ ।’

हिजो जे भएपनि आज एकमुष्ठ हुनुपर्छ : डा. महत

मन्त्री खरेलेको प्रतिकृयापछि काँग्रेस काँग्रेस नेता डा रामशरण महतले आफूले हिँजो त्यस्तो नियम बनाएको भएपनि त्यो नियम पुरानो भएकाले अहिले एकमुष्ठ रकम दिनुपर्ने बताए । ‘हो हिँजो मैले नै बनाएको हो त्यो नियम तर अहिले त्यो पुरानो नियमका कुरा गरेर कहाँ हुन्छ?’ उनले भने ‘मले छुट्याएको ९१ करोड भूकम्पभूकम्पलाई दिन सकेको छैन, अव एकमुष्ठ २ लाख दिनुपर्छ ।’

बिहीबारदेखि भूकम्प प्रभावित जिल्लाहरुमा पुननिर्माणको काम सरकारले गर्न नसकेको भन्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ । आज पनि काँग्रेसले आफूले भनेअनुसारको भाषा नराखेमा बैठक अवरुद्ध गर्ने जनाएपछि अहलिे प्रधानमन्त्री केपि ओली र काँग्रेस सभापति शेर बहादुर देउवाविच छलफल भएको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समेत सहभागी भएको बैठकमा सहमति नजुटेको काँग्रेस सभाषद महतले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF