युवा संघ रुपन्देही अध्यक्षको गोली हानी हत्या

 आवाज संवाददाता     ४ पुष २०७३, सोमबार

४ पुस, बुटवल । नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानेर हत्या भएको छ । घटना लगतै बुटबल तनावग्रस्त बनेको छ ।

तिवारीमाथि रुपन्देही र नवलपरासीको सीमानामा पर्ने खैरहनी भन्ने स्थानमा गोली प्रहार भएको थियो । उनको रुपेन्देही देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।रातो पल्सर मोटरसाइकलमा चढेका दुईजना व्यक्तिले तिवारीलाई गोली हानेर फरार भएको बताईको छ । रुपन्देही प्रहरीका एसपी रविन्द्र धानुकले गोली हान्ने समूहको पहिचान नभएको र खोजीलाई तिव्रता दिइएको जानकारी दिए ।

उनका अनुसार भारतसँग जोडिएका बेलहिया लगायतका सबै नाका शिल गरिएको र सम्भावित स्थानमा खोजी तिव्र पारिएको बताए । साथै सुरक्षा चेकजाँच बढाइएको छ ।

घटनाबारे बुझ्न पश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआईजी कमलसिंह बम पनि पोखराबाट बुटवल आउँदैछन् ।

अनलाइनखबरबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।