तिवारी हत्याको विरोधमा बुटवलमा प्रदर्शन, प्रहरी बिटमा आगजनी

 आवाज संवाददाता     ४ पुष २०७३, सोमबार

४ पुस, बुटवल ।युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा बुटवलमा प्रदर्शन भएको छ ।

साथै युवाहरुले बुटवलको राजमार्ग चौराहामा रहेको प्रहरी बिटमा आगजनी गरेका छन् । आगजनीबाट बिटमा क्षति पुगेको छ । तर, प्रहरीको सक्रियताका कारण बिट ध्वस्त हुन पाएन ।

अहिले बुटवल असान्त बनेको छ । युवाहरुले बुटवलको सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । जसका कारण सडकमा सयौं गाडिहरु लामबद्ध भएका छन् ।
शंकरनगरमा पनि सडक अबरुद्ध पारेर टायर बालिएको छ ।

अनलाइनखबरबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।