प्रेस युनियनद्वारा पत्रकार महासंघको ध्यानाकार्षण

 आवाज संवाददाता     ४ पुष २०७३, सोमबार

दोखला, पुस ४/नेपाल प्रेस युनियन दोलखाले नेपाल पत्रकार महासंघमा नयाँ सदस्यताको लागि महासंघ दोलखा शाखाको ध्यानाकर्षण गराएको छ । महासंघको महाधिवेशन अगावै नयाँ सदस्यताको प्राप्तिको लागि प्रक्रिया थालनी गर्नुपर्नेमा दोलखा जिल्ला शाखाले काम नगरेको भन्दै ध्यानाकार्षण गराएको छ ।
नेपाल प्रेस युनियन दोलखा शाखाका अध्यक्ष दीपशंकर चौलागाईसहितको टोलीले नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्षलाई सम्बोधन गरी सोमबार ध्यानाकार्षण पत्र बुझाएको हो । ध्यानाकार्षण पत्रमा पत्रकार महासंघको विधान अनुसार महाधिवेशनभन्दा ६ महिना अघि नै नयाँ सदस्यता वितरण प्रक्रिया अगाडि बढाउनुपर्नेमा दोलखा शाखाले त्यसो नगरेको उल्लेख छ ।
दोलखामा विभिन्न सञ्चार माध्यममा कार्यरत ११ जना पत्रकारहरुले नयाँ सदस्यताका लागि आवेदन गरेको लामो समय वितिसक्दा पनि दराजमा थन्क्याएर राखेकाले ३ दिनभित्र स्वीकृत गरी केन्द्रीय कार्यसमिति समक्ष पेश गर्न विज्ञप्तिमा आग्रह गरिएको छ । विधान बमोजिम ६ महिनाअघि नै सदस्यता आवेदन परेका बाहेक घुमाउरो बाटोबाट अन्य नयाँ सदस्यता थप नगर्न समेत पे्रस युनियनले चेतावनी दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।