ट्याक्टर दुर्घटनामा चालक घाइते

 आवाज संवाददाता     ५ पुष २०७३, मंगलवार

दोलखा, पुस ५/जिल्लाको भिरकोट १ माझीगाउँमा ट्याक्टर दुर्घटना हुँदा त्यसका चालक घाइते भएका छन् । दुर्घटनामा लमजुङ रम्घा घर भएका चालक भीमबहादुर कार्की घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
तीव्र गतिमा चलाएका कारण ना ५ त ७९५५ नंबरको ट्याक्टर सडकमै पल्टिएको र चालक घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घाइते चालक कार्कीको अवस्था सामान्य रहेको र प्राथमिक उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।