भालुको टोकाइबाट एक घाइते

 आवाज संवाददाता     ५ पुष २०७३, मंगलवार

दोलखा पुस ५/लापिलाङ गाविस ९ पुरानागाउँका ३३ वर्षीय दीपक थामीलाई भालुले टोकेर घाइते बनाएको छ ।
आज विहान घाँस काट्न जाँदा उनलाई भालुले टोकेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाकारी दिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा प्राथमिक उपचारपछि थप उपचारको लागि उनलाई काठमाडौँ लगिएको छ । भालुको टोकाइ विरुद्धको खोप नभएको कारण उनलाई काठमाडौँँ पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।