रसुवागढी भन्सारबाट पाँच किलो अवैध सुनसहित एक पक्राउ

 आवाज संवाददाता     ६ पुष २०७३, बुधबार

नुवकोटः चीनबाट नेपालतर्फ ल्याउदै गरेको पाँच किलो अवैध सुनसहित रसुवागढी भन्सारबाट एक जना पक्राउ परेका छन् ।

लुकाएर नेपालतर्फ ल्याउदै गरेको पाँच किलो सुनसहित रसुवागढी भन्सार कार्यालयको सहयोगमा रसुवा प्रहरीले एकजनालाई प्रक्राउ गरी अनुसन्धानको लागि सदरमुकाम धुञ्चेमा ल्याएको छ ।

पक्राउ पर्नेमा रसुवा गत्लाङ–२ का वीरेन तामाङ भएको प्रहरीले जनाएको छ । भूकम्पपछि रसुवागढी नाका सञ्चालनमा आएसगै रसुवागढी नाकाबाट अवैध कारोबार बढ्दै गएको छ ।

यसअघि गएको जेठ ३० गते ६ किलो सुनसहित रसुवा टिमुरेका कुङसाङ तामाङलाई प्रहरीले पक्राउ गरेको थियो ।

कारोबारबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।