जागरण अभियानमा दोलखा कांग्रेस

 आवाज संवाददाता     ६ पुष २०७३, बुधबार

दोलखा (लादुक) पुस ६। नेपाली कांग्रेस दोलखा क्षेत्र नं २ ले आज बुधबारदेखि उत्तरी दोलखाको लादुकबाट गाउँ जागरण तथा संगठन सुदृढीकरण अभियान सुरु गरेको छ ।
नेपाली कांग्रेस दोलखा क्षेत्र नं २ को गत केहीदिन अघि बसेको कार्यसमिति बैठकको निर्णय अनुसार आज बुधबारदेखि गाउँ जागरण तथा संगठन सुदृढीकरण अभियान सुरु भएको नेपाली कांग्रेस दोलखा क्षेत्र नं. २ का अध्यक्ष जयराम श्रेष्ठले जानकारी दिएका छन् ।

नेपाली कांग्रेस लादुक गाउँ पार्टी सभापति नउस खड्काको सभापतित्वमा सम्पन्न गाउँ जागरण अभियान लादुक गाविसको वडा नं. ७ गुम्बाडाँडामा आयोजना गरिएको आयोजकले जनाएको छ । गाउँ जागरण तथा संगठन सुदृढीकरण अभियानका प्रमुख अतिथि नेपाली कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काले लोकतन्त्रको सुदृढीकरण कांग्रेस बाहेक अरु कुनै पार्टीले पनि गर्न नसक्ने भएकोले जनस्तरबाटै कांग्रेसलाई मजबुत बनाउनुपर्ने धारणा राखेका छन् । पूर्व सांसद एवम् कार्यक्रमका विशेष अतिथि जितविर लामाले गाउँ जागरण तथा संगठन सुदृढीकरण अभियानको सफलताको शुभकामना दिएका थिए ।
गाउँ जागरण तथा संगठन सुदृढीकरण अभियान कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री कुन्दनराज काफ्ले, कांग्रेस दोलखाको पूर्व सभापति देवी न्यौपाने, कांग्रेस दोलखाका नेताहरु ईश्वर मानन्धर, बर्मा लामा, बाबुकाजी बस्नेत, आङनिमा शेर्पा, विनिता अधिकारी, गोपीलाल थामी, कांग्रेस दोलखाका सचिव सन्तोष रिमाल, जिल्ला कार्यसमिति सदस्यहरु बालकृष्ण आचार्य, श्यामराज खड्का लगायतले मन्तव्य व्यक्त गरेको कांग्रेस दोलखाले जनाएको छ ।
गाउँ जागरण तथा संगठन सुदृढीकरण अभियान अन्र्तगत पुस ७ गते बुलुङ, पुस ८ गते ओराङमा कार्यक्रम हुने बताइएको छ । गाउँ जागरण तथा संगठन सुदृढीकरण अभियान पुस २७ गते काटाकुटी गाविसमा पुगेर सम्पन्न हुने नेपाली कांग्रेस दोलखा क्षेत्र नं २ ले जनाएको छ ।

तस्विर सौजन्यः नेपाली कांग्रेसका जिल्ला सचिव सन्तोष न्यौपानेको फेसबुक

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।