ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

 आवाज संवाददाता     ८ पुष २०७३, शुक्रबार

दोलखा, पुस ८/समाजसेवी इन्जिनियर आत्माकृष्ण श्रेष्ठले भीमेश्वर नगरपालिकाभित्रका ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेका छन् ।
भीमेश्वर नगरपालिका २ का आत्माकृष्ण श्रेष्ठ लगायत तत्वकृष्ण श्रेष्ठ र शान्तकृष्ण श्रेष्ठले आफ्ना बजै, बुबा, आमा, दाजु, दिदीको स्मृतिमा नगरपालिकाभित्रका ८ सय जनालाई न्यानोको लागि स्वेटर वितरण गरेका हुन् ।

भीमेश्वर नगरपालिकाका २, ३ र ४ नं वडा बाहेकका १० वटा वडाका ८ सय जना ७० वर्ष उमेर पुगेका ज्यष्ठ नागरिकहरुलाई स्वेटर वितरण गरिएको हो । वडा १ र १० का ज्येष्ठ नागरिकहरुलाई आज विहान नेपाली कांग्रेसका समापति रुद्रबहादुर खड्का, एमाले अध्यक्ष ईश्वरचन्द्र पोखरेल र मालेका जिल्ला अध्यक्ष बद्रीकुमार चौलागाईँले संयुक्त रुपमा न्यानो कपडा वितरण गरी कार्यक्रमको सुरुवात गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF