कालिञ्चोकमा टेलिकमको थ्रिजी सेवा

 आवाज संवाददाता     १८ पुष २०७३, सोमबार

दोलखा, १८ पुस/देशकै उच्च स्थानमा नेपाल टेलिकम दोलखाले थ्रीजी सेवा सुरु गरेको छ । शनिवारबाट सुरु भएको उक्त सेवा जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोकमा विस्तार गरेको नेपाल टेलिकम दोलखाका प्रमुख श्याममणि अर्यालले जानकारी दिए ।
धार्मिक र पर्यटीय स्थानको रुपमा निक्कै महत्व राख्ने कालिञ्चोकमा यो सेवा सुरु भएपछि पर्यटक लाइ थप मद्धत पुग्ने छ ।
कालिञ्चोकमा बढ्दो पर्यटकीय चहलपहललाई ध्यानमा राखेर थ्रीजी सेवा उपलव्ध गराएको नेपाल टेलिकम दाेलखाले जनाएकाे छ । यसअघि कालिञ्चोकमा मुस्किलले फोन लाग्ने गर्थ्याे। कालिञ्चोक क्षेत्रमा शनिवार अंग्रेजी नयाँ वर्ष मनाउनेको वाक्लो चहलपहल थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।