दोलखामा हिमपातपछि हिउँ खेल्नेको घुइँचो (फोटो फिचर) सहित

 आवाज संवाददाता     १८ पुष २०७३, सोमबार

दोलखा, पुस १८/तीन दिनदेखिको वर्षा र हिमपातका कारण दोलखाको जनजीवन प्रभावित भएको छ । तर हिमपातसँगै दोलखामा पर्र्यटकहरुको भने घुइँचो लागेको छ ।
शुक्रवार रातीदेखि दोलखाको डाँडाकाँडाहरुमा हिमपात भएपछि दोलखा जिल्लाको जनजीवन प्रभावित भएको हो । हिमपातका कारण सदरमुकाम लगायतका ठाउँहरुमा तापक्रम घटेको छ भने चीसोका कारण विहानी स्कुलहरुमा विद्यार्थीको संख्या घटेको छ । सोमवार विहान तापक्रम २ डिग्री सेल्सियसमा घटेको थियो । सोमवार बिहान सदरमुकाम चरिकोट बजारमा पनि मानिसहरुको चहलपहल घटेको थियो भने साँझ पनि मानिसहरुको चहलपहल कम देखिन्थ्यो ।
शुक्रवार रातीदेखि दोलखाको कालिन्चोक, चेर्दोङ, शैलुङ लगायतका ठाउँहरुमा हिउँ परेको थियो भने आइतवार पनि ती ठाउँहरु र खरिढुङ्गामा समेत हिउँ परेपछि कालिन्चोक खरिढुङ्गा लगायतका क्षेत्रहरुमा हिउँ खेल्नेहरुको भीड लागेको थियो । सोमवार पनि कालिन्चोकमा हिउँ खेल्नेहरुको भीड लागेको थियो । सोमवार दिउँसोदेखि नै दोलखाका उच्च पहाडी क्षेत्रहरुमा हिमपात भएको थियो भने सदरमुकाम चरिकोटमा दिउँसोदेखि निरन्तर रुपमा असिना र पानी परेपछि चीसो निकै बढेको छ ।
सोमवार शैलुङ, कालिन्चोक लगायतका क्षेत्रहरुमा हिउँ खेल्नेहरुको निकै भीड लागेको थियो । (फोटो फिचरसहित)

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।