विप्लव माओवादी नेता रणवीरले भने–“विदेशी संस्थाले नेपालमा दिर्घकालिन युद्धको विजारोपन गर्न खोजेका छन्”

 आवाज संवाददाता     २६ पुष २०७३, मंगलवार

२६ पुस/चरिकोट
नेकपा माओवादी विप्लव समूहका पोलिट्व्यूरो सदस्य भरत बम रणवीरले विदेशी संघ संस्थाले नेपालमा दिर्घकालिन युद्धको बिजारोपन गर्न खोजेको आरोप लगाए । नेपालमा मिलेर बसेको समाजलाई विभिन्न जातीय, क्षेत्रीय रुपमा विभाजन गराएर युद्ध गराएर हतियारको व्यापार गर्न खोजेको दाबी गरे ।
नेकपा माओवादीको जनसाँस्कृतिक मञ्चले आयोजना गरेको कासिदोरा अभियान अन्र्तगत चरिकोटमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विदेशीहरुले विभिन्न बहानामा देशमा लडाइ गराउन चाहेकको बताए । विदेशीले नेपालीहरुलाई आवश्यकताभन्दा पनि सहयोगका नाममा आफ्नो स्वार्थ अनुरुप काम गरेको बताए ।
भुकम्प पीडितहरुलाई सहयोगका नाममा अर्बौं विदेशी खर्च भए तापनि त्यसमा हाम्रै नेताहरुले व्यापार गरेको दाबी गरे । भुकम्पका नाममा सिमित व्यक्तिहरु मोटाए तापनि पीडितको अवस्था जस्ताको तस्तै भएको बताए ।
“विगतमा काँग्रेसले २००७, २०४६ को राजनैतिक परिवर्तन हतियारकै बलमा भयो” उनले भने “२०६२÷६३का जनआन्दोलन सफलतामा पुग्न पनि माओवादीको हतियार नभएको भए काँग्रेस र एमालेका नेताहरुलाई ज्ञानेन्द्रले जेल हालिसक्थे ।” माओवादीले विगतमा हतियार बुझाए तापनि आवश्यक परे पुनः हतियार उठाउन सक्ने उनले बताए ।

????????????????

कार्यक्रममा अर्का पोलिट्व्यूरो सदस्य मणिक लामाले नेपाली ६० हजार हेक्टर जमिन भारतले मिचेको बताए । राष्ट्रियताका लागि आफ्नो पार्टीले नयाँ एकीकृत जनक्रान्ति गर्न लागेको बताए । विदेशी हस्तक्षेप, आन्तरिक भ्रष्टाचार र दलाली विरुद्ध पार्टीले गर्न लागेको जनक्रान्ति विगतको जनयुद्ध जस्तो नहुने बताए ।
नेकपा माओवादी दोलखाका सेक्रेटरी अर्जुन योगीले दलाली र भ्रष्टाचारीको विरुद्ध पार्टीले बन्दुक उठाए जनता गोली बन्नु पर्ने बताए । विगतमा नेताहरुले गल्ती गरेकाले नै आफूहरुले पुनः क्रान्तिलाई निरन्तरता दिनु परेको बताए ।
कार्यक्रममा माओवादी कलाकारहरुले विभिन्न साँस्कृतिक प्रस्तुतीहरुले देखाएका थिए । कलाकारहरुले पूर्वी ताम्सालिङ अन्र्तगत काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुलीमा यो अभियान सञ्चालन गरेका छन् । उनीहरुले दोलखाको सुनखानीका २ स्थानमा अभियान सञ्चालन गरिसकेको नेकपा माओवादी दोलखाका सचिवालय सदस्य राजन धनुकेले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।