जिरीमा आगलागीबाट एक घर ध्वस्त

 आवाज संवाददाता     २८ पुष २०७३, बिहीबार

दोलखा, पुस २८/बिहिवार मध्यान्ह दोलखाको जिरी नगरपालिका ६ मा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
बिहीबार मध्यान्ह ११ बजेतिर लागेको आगोले जिरी नगरपालिका ६ यार्साका होमबहादुर जिरेलको घर नष्ट भएको हो । आगलागीको जानकारी आएपछि रणभीम गण सुरक्षा गुल्म जिरीको ‘फायर फाइटिङ’ टोली, प्रहरी, स्थानीय सहितको टोलीले डेढ घण्टामा आगो नियन्त्रणमा लिएको रणभीम गणका सम्पर्क अधिकृत सेनानी सन्तोष थापाले बताए ।
आगलागीबाट जिरेलको घर पूर्ण रुपमा नष्ट भएको र ६ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । उनी भूकम्पपछि निर्माण गरिएको जस्ताको टहरोमा बस्दैआएका थिए । घरमा कोही नभएको बेला भएको आगलागीको कारण खुल्न सकेको छैन । समयमै पुगेको सेनाको ‘फायर फाइटिङ’ टोली र प्रहरीको सक्रिताका कारण थप घरमा आगलागी हुनबाट जोगिएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF