‘बलियो घर’ हाजिरी जवाफ र वक्तृत्वकला सम्पन्न

 आवाज संवाददाता     २९ पुष २०७३, शुक्रबार

दोलखा, पुस २९/१९ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा बलियो घर नारासहित हाजिरी जवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल र भीमेश्वर नगरपालिका कार्यालयको आयोजना तथा अमेरिकी सहायता नियोगको आर्थिक सहयोगमा भीमेश्वर नगरपालिकाको मावि स्तरीय हाजिरी जवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
हाजिरी जवाफ प्रतियोगितामा त्रिपुरा ग्लोरियस एकेडेमी प्रथम, भीम मावि, दोलखा द्वितीय र कुटीडाँडा मावि कमैबारी तृतीय भएका छन् ।
‘त्यसैगरी भूकम्पीय सुरक्षाको बलियो आधार, भैँचालो थेग्ने घर र भौतिक पूर्वाधार’ विषयक वक्तृत्वकला प्रतियोगितामा कालिन्चोक माविका सोनु श्रेष्ठ प्रथम, गौरीशंकर बहुमुखी क्याम्पसका सरु श्रेष्ठ र महेन्द्रोदय मावि माविका करुणा बस्नेत तृतीय भएका छन् ।
विजयी सहभागीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कालिन्चोक माविका निमित्त प्रधानाध्यापक शम्भु गौतमले पुरस्कार प्रदान गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF