साहित्यकार जिरेल र रेडियोकर्मी आचार्य पुरस्कृत

 आवाज संवाददाता     १ माघ २०७३, शनिबार

दोलखा, माघ १/विष्णुलक्ष्मी साहित्य पुरस्कारबाट साहित्यकार टेकबहादुर जिरेल पुरस्कृत भएका छन् भने तुलसीमाया रेडियो साहित्य पुरस्कारबाट कालिन्चोक एफएमका प्रह्लाद आचार्य पुरस्कृत भएका छन् ।
विष्णुलक्ष्मी साहित्य पुरस्कार समितिको आयोजनामा भएको कार्यक्रममा आज सांसद् एवं पूर्व मन्त्री आनन्दप्रसाद पोखरेलले पुरस्कृत दुवैलाई पुरस्कार वितरण गरेका छन् । पत्रकार चिरञ्जीवी मास्केले आफूलाई जन्म दिने आमा र कर्म दिने आमाको स्मृतिमा पुरस्करा कोष स्थापना गरेको हुन् ।


सोही कार्यक्रममा वार्षिक रुपमा प्रकाशन हुँदै आएको प्रदेय साहित्यिक पत्रिकाको समेत लोकार्पण गरिएको छ । सांसद पोखरेलले प्रदेयको लघु कथा विशेषांकको लोकार्पण गरेका हुन् । हरेक वर्ष विभिन्न विधामा प्रकाशन हुँदै आएको प्रदेय यस वर्ष ‘लघु कथा’ विधामा प्रकाशन गरिएको छ । यस अंकमा ३२ वटा लघु कथा समावेश गरिएको छ ।
पुरस्कार समितिका संरक्षक चिरञ्जीवी मास्केको अध्यक्षतामा भएको कार्यक्रममा एमाले नेता शिवप्रसाद भण्डारी, सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटवाल, प्रहरी नायव उपरीक्षक रविन कार्की, पुरस्कार छनोट समितिका संयोजक कृष्णबहादुर गौतम, पुरस्कृत व्यक्तित्व टेकबहादुर जिरेल, प्रदेयका अतिथि सम्पादक श्रीवावु कार्की, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष उद्धवप्रसाद पोखरेल, नेपाल प्रेस युनियन दोलखाका अध्यक्ष दीपशंकर चौलागाईँ, प्रेस चौतारीका केन्द्रीय सदस्य शरद सापकोटा, पुरस्कार समितिका उपाध्यक्ष मुरारि दुलालले शुभकामना व्यक्त गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF