खरिढुंगामा अरनिको जीप दुर्घटनामा ७ घाइते

 आवाज संवाददाता     ४ माघ २०७३, मंगलवार

दोलखा, माघ, ३

पुष्पलाल राजर्माग अन्तर्गत खरिढुङगा नजिकै जीप दुर्घटना भएको छ ।लाकुरीडाँडा गाविस– ८ आहालेडाँडामा आज जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । काठमाडौँदेखि सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको अरनिको यातायातको ना१ज ४९७८ नंको जिप दुर्घटना हुँदा गैरीमुदी गाविस– ७ विमला पाख्रिन र मोहनबहादुर तामाङ, मिर्गे– १ का साइना तामाङ, भेड्पु गाविसका सुजन लामा र उषा तामाङ तथा शैलुङ्गेश्वर– ६ विकास लामा र पवित्रा तामाङ घाइते भएका छन् । विपरीत दिशाबाट आउँदै गरेको बसलाई बाटो दिँदा उक्त जिप दुर्घटनामा परेको जिल्ला टाफिक प्रहरी कार्यालयका प्रमुख नयन भण्डारीले जानकारी दिए । घाइतेलाई उपचारका लागि चरिकोटस्थित सामुदायिक अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याईएको प्रहरीले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF