प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि नयाँ शक्तिको हस्ताक्षर अभियान

 आवाज संवाददाता     ४ माघ २०७३, मंगलवार

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका लागि नयाँ शक्ति नेपालले हस्ताक्षर अभियान सुरु गरेको छ । हस्ताक्षर अभियानको नयाँ शक्ति पार्टी दोलखाले चरिकोटमा मंगलबार दिउँसो सातदोबाटोबाट अभियान सुरु गरेको हो ।
नयाँ शक्तिले राजनैतिक स्थिरता, सुशासन र संवृद्धिका लागि जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक व्यवस्थापिका संसद हुनु पर्ने माग राख्दै आएको छ । अभियानमा नयाँ शक्ति पार्टी दोलखाका संयोजक तथा केन्द्रीय सदस्य रविन्द्र कार्कीले हस्ताक्षर अभियान चरिकोटबाट सुरु भएर गाउँ गाउँमा सञ्चालन हुने बताए ।
वर्तमान संसदीय व्यवस्थाले वहुमत र अल्पमतको व्यवस्थाले ६÷६ महिनामा सरकार परिवर्तन हुने र सांसदहरुको खरिद बिक्री जस्ता घृणित खेलले अस्थिरता भएको बताए । अभियान सुरुवात कार्यक्रममा नयाँ शक्ति पार्टी नेताहरु वैकुण्ठ भण्डारी, केशव चौलागाई, नारायणभक्त श्रेष्ठ लगायतले आ आफ्नो धारणा राखेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF