राप्रपा दोलखाको नगर अधिवेसन सम्पन्न

 आवाज संवाददाता     १४ माघ २०७३, शुक्रबार

दोलखा, माघ १४/राष्ट्रिय प्रजातन्त्र पार्टी भीमेश्वर नगर अधिवेसन आज सम्पन्न भएको छ । अधिवेसनले विष्णु श्रेष्ठको अध्यक्षतामा ३९ सदस्यिय नगर समिति सर्वसम्मत चयन गरेको छ ।
पार्टी एकीकरण पछिको पहिलो भीमेश्वर नगर अधिवेसन राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका संयोजक सुन्दरु प्रकाश खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । भीमेश्वर नगर समितिका संयोजक विष्णु श्रेष्ठको अध्यक्षतामा भएको अधिवेसनमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवास विभाग प्रमुख विजय खड्का, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका महासचिव प्रविण थोकर, पूर्व अध्यक्ष जितबहादुर चौलागार्इं, पूर्व उपाध्यक्षहरु देवेन्द्र नारायण प्रधान, नवराज श्रेष्ठ, पार्टीका सचिव भाष्कर पाण्डे, पूर्व सचिव तीर्थ केसी, पार्टीका कोषाध्यक्ष पूर्णबहादुर थापा, पार्टीका प्रवक्ता शिव केसी, विष्णु नेपाली लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नगर समितिको अधिवेसनवाट अध्यक्षमा विष्णु श्रेष्ठ, उपाध्यक्ष विरबहादुर मोक्तान र शान्ति श्रेष्ठ सचिवमा किरण शाही, कोषाध्यक्षमा ज्ञानी श्रेष्ठ, सहसचिव दिपेन्द्र कार्की र अप्सरा खड्का रहेका छन् भने सदस्यहरुमा जीत ब. चौलागाई, कुबेर प्र. चौलागाईं, निल ब. श्रेष्ठ, वर्षा गुरुङ, वालकृष्ण भुजेल, राजु श्रेष्ठ, शोषण श्रेष्ठ, कुमार श्रेष्ठ, भेष ब. श्रेष्ठ, पान ब. मुग्राती, सिताराम मुग्राती, विष्णु बाबु कुँवर, देवकी बुढाथोकी, पदम ब. बुढाथोकी, नरदेव शाही, राधाकृष्ण शाही, कृष्ण ब. विक, प्रदिप बस्नेत, टंक बहादुर श्रेष्ठ, देवकृष्ण थापा, राजु थापा, राजु खत्री, शिव केसी, शिव बहादुर बस्नेत, चन्द्र बहादुर थापा, वद्री के.सी, सम्सेर खत्री, शान्ति खड्का, राजीव भुजेल, दिपराज भुजेल, दिलिप बस्नेत र बालकृष्ण श्रेष्ठ रहेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF