राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा ११ र १२ को परीक्षा समयतालिका सार्वजनिक (रुटिनसहित)

 आवाज संवाददाता     १६ माघ २०७३, आईतवार

१६ माघ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।

बोर्डद्वारा आइतबार प्रकाशित समयतालिकाका अनुसार परीक्षा बिहान ११ बजेबाट सुरु भएर ११ बजे सकिनेछ । कक्षा ११ र १२ को दुवै परीक्षा २०७४ सालको वैशाख २४ गतेबाट सुरु हुनेछ । कक्षा १२ को परीक्षा वैशाख २२ गते नै सकिए पनि कक्षा ११ को परीक्षा जेठ ३ गते सकिनेछ ।

बोर्डले प्रयोगात्मक परीक्षाको हकमा कक्षा १२ को २०७३ चैत्र मसान्तभित्र सम्पन्न गरी ०७४ वैशाख १५ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउन सूचित गरेको छ । कक्षा ११ को भने वैशाख १५ गतेसम्म परीक्षा सकी वैशाख मसान्तभित्र बोर्डको सम्बन्धित शाखामा पठाउनु पर्ने जनाएको छ ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF