सेयरबजारमा भीषण पहिरो,एकैदिन लगानीकर्ताले गुमाए ७४ अर्ब

 आवाज संवाददाता     १७ माघ २०७३, सोमबार

निरन्तर उच्च अंकको गिरावटले सेयरबजारमा संकटको अवस्था देखापर्न थालेको छ । बैंक तथा वित्तीय संस्थामा कर्जा योग्य रकमको अभाव, ब्याजदरमा आएको वृद्धि लगायतका कारणले ओरालो बाटोमा रहेको नेप्से सोमबार झण्डै पाँच प्रतिशतले झरेको छ ।बजारमा भारी गिरावट आउँदा करिब अढाई दर्जन कम्पनीले दश प्रतिशतको हाराहारीमा गुमाएका छन् ।

६५ अंकले बजार घट्दा एकदिनमै लगानीकर्ताको सम्पत्ति ७४ अर्बले घटेको छ । विहीबार १५ खर्ब ४७ अर्बमा रहेको बजार पूँजीकरण सोमबार १४ खर्ब ७३ अर्बमा झरेको छ ।

सोमबार सेयर बजार परिसुचक नेप्से ६५.४४ अंकले घटेर १३०९.७० अंकमा झरेको छ । बजारमा कारोबारमा आएका सबै समूहमा आएको गिरावटले बजार उच्च अंकले झरेको हो ।

यसदिन वीमा समूह सबैभन्दा धेरै अंकले घटेको छ । बीमा समूह नै ५६० अंकले ओरालो लागेको छ । वाणिज्य बैंक ६०,होटल १२८, विकास बैंक ४९, जलविद्युत ७३, वित्त ३५ र अन्य समूह १५ अंकले झरेको छ ।

सोमबार १२३ कम्पनीका ११ लाख २६ हजार ४ सय ६५ कित्ता सेयर ५३ करोड ६६ लाख रुपैंयामा किनबेच भएका छन् । विहीबारको तुलनामा कारोबार रकम भने करिब दुई करोड बढी हो ।

बजारमा सबै सुचकहरु ओरालो लाग्दा पाँच कम्पनी बाहेक सबै कम्पनीहरुको सेयरमूल्य झरेको छ । यसदिन अढाई दर्जन बढी कम्पनीको सेयरमूल्य दश प्रतिशतको हाराहारीमा झरेको छ । प्रुडेन्यिल इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक, हिमालयन जनरल इन्स्योरेन्स, सोल्टि होटल, सगरमाथा इन्स्योरेन्स, लुम्बिनी इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेपाल ग्रामिण विकास बैंक र समिट माइक्रोको सेयरमुल्य दश प्रतिशतका दरले घटेको छ ।

यसदिन अरुण फाइनान्स,ओरिन्टयल होटल, राष्ट्रिय बीमा कम्पनी,रिलायन्स फाइनान्स र एक्सल डेभलपमेन्ट बैंकको सेयरमूल्य मात्र सामान्य उकालो लागेको छ ।

घटेको बजारमा नेपाल लाइफ इन्स्योरेन्स, नेपाल बंगलादेश बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, बैंक अफ काठमाण्डू लगायतका कम्पनीह०७३

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF