नेपाली हाते गलैँचा सगरमाथाको चुचुरोमा पुर्याउने

 आवाज संवाददाता     १७ माघ २०७३, सोमबार

दोलखा, १७ माघ
नेपाली गलैँचाको पुरानो बजारलाई फर्काउने उद्देश्यले हाते गलैँचा अंकित झण्डा व्यवसायीहरुले सगरमाथाको चुचुरोमा पु¥याउने भएका छन् । नेपाली गलैँचालाई संसारभर प्रचार प्रसार गर्ने उद्देश्यले विश्वको सर्वोच्च शिखर सगरमाथा पु¥याउन लागेको हो ।
आउँदो हिमाल आरोहणको मौसममा नेपाली हाते गलैँचा अंकित झण्डा सगरमाथा पु¥याउन लागेको केन्द्रीय गलैँचा उद्योग संघ नेपालका अध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए । गलैँचा जसले बोकेर जान्छ उसले चुचुरोमा पुगेर नेपाली गलैँचाको बारेमा एक मिनेट बोल्ने समेत उनले बताए । सगरमाथामा कहिले पु¥याउने भन्ने तिथिमिति टुङ्गो नलागे तापनि आउँदो चैत र बैशाख भित्रै पु¥याइने उनले जानकारी दिए ।
नेपाली गलैँचा २० वर्षअघि नेपालबाट निर्यात हुने प्रमुख बस्तुको रुपमा पर्दै आएकोमा एक दशक बढीदेखि यसको निर्यात अत्यन्त कम छ । केन्द्रीय गलैँचा उद्योग संघ नेपालले केही वर्षभित्र पुरानै अवस्थामा फर्काउनका लागि पहल थालेको अध्यक्ष शेर्पाले बताए । संघले नेपाली गलैँचाको प्रबद्र्धनका लागि गलैँचा विज्ञ स्वीस नागरिक रेटो अस्वीनलाई नेपाली गलैँचाको विशेष दूतको रुपमा समेत मनोनित गरेको छ ।
नेपाली गलैँचा उत्पादनले ५४ वर्ष पूरा गरेको छ । गलैँचालाई पुरानो शैली र डिजाइनलाई परिवर्तन गरी आधुनिकीकरणका लागि व्यवसायीहरु लागेको उनले बताए । ‘गलैँचाको मुख्य बजार अमेरिका र युरोप नै हो’ उनले भने ‘अब त्यहाँको बजारको माग अनुसारको उत्पादनका लागि हामी लागि परेका छौं ।’ अहिले पूर्वाधार तयारीमा लागेकाले अर्को वर्षदेखि गलैँचा निर्यातको परिणाम आउने उनले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF