दिल्लीलाई छुट्टै देश बनाउन केजरीवालको माग
आवाज संवाददाता ११ असार २०७३, शनिबार
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीलाई भारतबाट अलग देश बनाउन माग गरेका छन् । वेलायतमा भएको जनमत संग्रहपछि दिल्लीमा पनि जनमत संग्रह हुनु पर्ने माग गरेका हुन् ।
शुक्रबार सामाजिक संजाल टुवीटरबाट उनले दिल्लीलार्इ अलग देश बनाउनका लागि जनमत संग्रह गरिनु पर्ने माग गरेका छन् ।
उनले टुवीटरमा लेखेका छन्( ‘वेलायतमा भएको जनमत संग्रहपछि दिल्लीको पूर्ण राज्य कायम हुनका लागि छिट्टै जनमत संग्रह हुनुपर्छ ।’
अरविन्द केजरीवाल र आम आदमी पार्टीले दिल्लीको पूर्ण राज्य हुनुपर्ने माग गरिरहेको छ ।
यसैबीच आम आदमी पार्टीका प्रवक्ता आशिष खेतानले पनि दिल्लीमा जनमत संग्रह हुनु पर्ने भन्दै टुवीटरबाटै माग गरेका छन् ।
‘बेलायत युरोपेली संघबाट अलग हुने फैसलापछि अब दिल्लीले पूर्ण राज्य पाउनका लागि जनमत संग्रह हुनुपर्छ ।’ प्रवक्ता आशिष खेतानले लेखेका छन्( ‘लोकतन्त्रमा यो नै सबैभन्दा सही कुरा हो ।’
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।